zahnggiljah.com is provided in English. Would you like to change to English?

गतिविधि खबर
October 31, 2018

 सन् २०१८ सेभ द वर्ल्ड(Save the World) अन्तर्राष्ट्रिय फोरम

FacebookTwitterEmailLineKakaoSMS

अक्टोबर महिनाको ३१ तारिखमा कोरियाको इन्छनको सोङदो कन्भेन्सियामा सन् २०१८ सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमको आयोजना गरियो । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा आयोजित सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरममा जोर्डनका राजदूत एच.ई एडेल मोहम्मद एडेलाह, अनि इराक, भियतनाम, लाओस र बङ्गलादेशका विदेशी कूटनीतिज्ञहरू, अन्तर्राष्ट्रिय संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अधिकारीहरू, विभिन्न राष्ट्रका राजनीतिज्ञ, अर्थ, शिक्षा, कानून र स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरू गरी लगभग ५०० जनाको सहभागिता थियो ।

सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरम : आपतकालीन राहतबारे छलफल गर्ने अवसर

सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमचाहिँ युद्ध, विपत्ति र जलवायु परिवर्तनका कारण कष्ट भोगिरहेका विश्वभरिका छिमेकीहरूलाई मद्दत गर्ने तरिका पहिल्याउन आयोजित कार्यक्रम हो । यो वर्ष, शरणार्थीहरूलाई आपतकालीन राहत प्रदान गर्नेबारे गहन छलफल भयो । यसबाहेक सहभागीहरूले आपतकालीन राहत ठोस कार्य योजना र गैरसरकारी संस्थाहरूको भूमिका खोज्न, अन्तर्राष्ट्रिय संस्था, सरकार र नागरिक समाज संस्थाहरूबीच दिगो साझेदारी निर्माण गर्नतर्फ चासो दिए ।

अध्यक्ष जाङ गिल जाले उद्घाटन मन्तव्यमा भन्नुभयो, “मौसम परिवर्तन, द्वन्द्व, गरिबी, रोग, जैविक विविधता जस्ता विश्वव्यापी समस्याहरूको समाधानार्थ सर्वप्रथम एक जना व्यक्तिबाट सुरु गरेर समाज, देश र विश्वका सबै जनाले सहकार्य गर्न आवश्यक छ । यूएन र अन्तर्राष्ट्रिय समुदायका दिगो विकास लक्ष्यहरू(SDGs)मा पूर्ण रुची राख्दै कार्यान्वयन गर्नको निम्ति यस फोरमको आयोजना गरेका हौं ।” यसरी उहाँले सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमको उद्देश्य बोध गराइदिनुभयो ।

सेभ द वर्ल्ड, संसारलाई बचाउन सहकार्य गर्न आवश्यक

सन् २०१८ सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमका वक्ताहरूचाहिँ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ[IUCN]का लागि कोरियाली समितिका उपाध्यक्ष गिम ओग ह्यन; अमेरिकी प्यासिफिक कमान्ड, उत्तरपूर्वी एसिया नीति प्रभाग मुख्यालयका सदस्यहरू, रुस-मङ्गोलियाका निर्देशक पल विल्कोक्स; संयुक्त इराकी स्वास्थ्य समाज[UIMS]का अध्यक्ष अहमद मुस्रीफ अब्दुलहामेद; जोर्डन ह्यासमाइट परोपकार संस्था[JHCO]का महासचिव ऐमान रियाद अल मफ्लेह र अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनका उपाध्यक्ष गिम जु छल थिए ।

कार्यक्रमा वक्ताहरूद्वारा विश्वभर बाढी, खडेरी, तूफान, ज्वालामुखी विस्फोटन, भूकम्प जस्ता प्राकृतिक एवम् मानव-निर्मित प्रकोपहरू वृद्धि भइरहेको यथार्थतालाई औँल्याइयो । तदनुसार आपतकालीन राहतको बढ्दो महत्त्वका साथै विश्वव्यापी गाउँका छिमेकी र शरणार्थीहरूलाई मद्दत गर्न प्रत्येक देशको सरकार र गैरसरकारी संस्थाबीच साझेदारी र सञ्जाल स्थापना गर्न जरुरी रहेको कुरामा जोड दिइयो । सहभागीहरूले प्रस्तुति अवलोकन गर्ने क्रममा आफ्ना शिर हल्लाउँदै, प्रकोपको समयमा तत्कालै कार्यान्वयन गर्न सकिने आपतकालीन राहत योजनाबारे मनन गरे ।

JHCO र UIMSसँग MOU सम्झौता

सोही दिनमा, वीलभयू फाउन्डेसनद्वारा जोर्डन ह्यासमाइट परोपकार संस्था[JHCO] र संयुक्त इराकी स्वास्थ्य समाज[UIMS]सँग MOU सम्झौता-पत्रमा हस्ताक्षर गरियो । तीन वटा संस्थाहरूले मानवीय सहायताका लागि सहकार्य गर्दै सञ्जाल स्थापना गर्ने प्रतिज्ञा गरे । जोर्डनका राजदूत एडेलाहले कार्यक्रमको महत्त्वबारे यसरी बताए :

आपतकालीन राहत कार्यचाहिँ अब कुनै व्यक्ति वा राष्ट्रमा सीमित छैन, तर अन्तर्राष्ट्रिय समुदायले पनि यसमा गहिरो चासो दिँदै सहकार्य गर्न आवश्यक देखिन्छ । तसर्थ वीलभयूको सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वलाई बुझ्ने मात्र होइनकि सहकार्यको आधारमा अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न पनि योगदान पुऱ्याउँछ ।

वीलभयू फाउन्डेसनले विश्वव्यापी गाउँका छिमेकीहरूलाई विविध मानवीय सहायता गतिविधिहरूमार्फत तत्काल र व्यावहारिक मद्दत गर्दैआएको छ । सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरमद्वारा वीलभयू फाउन्डेसनले आपतकालीन राहतका लागि सहकार्यको क्षेत्र बिस्तार गर्नेछ, अनि प्रकोपहरूका कारण कष्ट भोगिरहेका मानिसहरूका निम्ति अझ सक्रियतापूर्वक राहत कार्यहरू सञ्चालन गर्नेछ ।