मुख्य गतिविधिहरू

माननीय अध्यक्ष जाङ गिल जाले सम्पूर्ण मानव-जातिलाई ‘विश्वव्यापी परिवार’ मान्दै आमाको मनद्वारा कार्य गर्नुहुन्छ । उहाँले महिला अधिकार संरक्षण गर्ने, भेदभावरहित समाज निर्माण गर्ने, भावी पिढीलाई शैक्षिक सहयोग गर्ने, जलवायु परिवर्तनप्रति आवश्यक कदम चाल्ने, विश्वव्यापी वातावरण संरक्षण गर्ने कार्य गर्नुहुन्छ । त्यसको साथै उहाँले युद्धमुक्त विश्व र शान्ति स्थापनाको निम्ति पनि कार्य गर्नुहुन्छ ।

आमाको मन
  • महिला अधिकार संरक्षण
  • अल्पसंख्यकलाई सहयोग
  • भावी पिढीलाई सहयोग
  • विश्वव्यापी वातावरण सुरक्षा
  • अन्तर्राष्ट्रिय शान्तिको लागि सहयोग
विश्वव्यापी गाउँको खुशी

महिला अधिकार संरक्षण

महिलाहरू जीवनको सुरुवात र समाज विकासका आधार हुन् । महिलाहरूले आमा र पत्नीको रूपमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यद्यपि विश्वका विभिन्न ठाउँहरूमा अझै पनि महिलाहरू पछि परेको, भेदभाव र हिंसाको शिकार भएको र मानव अधिकारबाट वञ्चित भएको अवस्थामा छन् । अध्यक्ष जाङ गिल जाले महिलाको दैनिक जीवनको अधिकार, स्वतन्त्रता अधिकार र शिक्षा अधिकार संरक्षणको निम्ति कार्य गर्नुहुन्छ । उहाँले एकल आमाहरू, विकलाङ्ग महिला र आप्रवासी महिलाहरूको स्वास्थ्य खर्च, व्यवहारिक स्वास्थ्य, दैनिक आवश्यकताजस्ता विभिन्न कुराहरूमा सहयोग पुऱ्याउने कार्य गर्नुहुन्छ ।

गतिविधिहरू

  • महिला स्वतन्त्रता र जीविकाको लागि सहयोग
  • मातृत्व सुरक्षा
  • आमाहरूको शिक्षामा सहयोग
  • आप्रवासी महिलाहरूको सामाजिक समायोजन तथा व्यवहारिक स्वास्थ्यका लागि सहयोग

अल्पसंख्यकलाई सहयोग

भोक, पानीको अभाव, गरिबी, रोग, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, वातावरण प्रदूषण, असमानता, भेदभाव र सीमान्तिकरणद्वारा पीडित मानिसहरू थुप्रै छन् । मानिसहरू लिङ्ग, जाति, उमेर, संस्कृति, विकलाङ्ग वा सामाजिक र आर्थिक स्तरको भेदभावमा नपरी समान जीवन जिउन सकून् भनेर अध्यक्ष जाङ गिल जाले उनीहरूलाई ती अवस्थाहरूबाट सुरक्षा प्रदान गर्न प्रयत्न गर्नुहुन्छ ।

गतिविधिहरू

  • ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सहयोग
  • अल्पसंख्यक वर्गहरूलाई सहयोग
  • गरिबी र भोक न्यूनीकरणमा सहयोग
  • सामुदायिक कल्याणको निम्ति सहयोग
  • रक्तदान कार्यक्रम
  • विपद् राहत तथा पुनर्स्थापन कार्य

भावी पिढीलाई सहयोग

बालबालिका र युवाहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई स्वस्थ र समतामूलक समाजमा हुर्कन सहयोग गर्नु नै सफल भविष्यतर्फको पहिलो पाइला हो । अध्यक्ष जाङ गिल जाले असल चरित्र, संवेदनशीलता र मित्रताको भाव प्रवर्धन गर्नको लागि भविष्यका कर्णाधारहरूको शिक्षालाई महत्त्व दिनुहुन्छ । अनि नाजुक परिस्थितिका कारण कोही पनि उपेक्षित नहोऊन् भनेर स्वास्थ्य खर्च, शैक्षिक सुविधा तथा सामग्रीहरू प्रदान गरेर युवाहरूलाई सहयोग गर्नुहुन्छ । उहाँले युवाहरूलाई भविष्यमा सबै मानिसहरूको समानता र सम्मानको निम्ति कार्य गर्न सक्षम बनाउनुको साथै त्यसको निम्ति युवा सशक्तिकरणमा अत्यन्तै ध्यान दिनुहुन्छ ।

गतिविधिहरू

  • बालबालिकाको हितको निम्ति स्वास्थ्य सहयोग
  • बालबालिका तथा युवाहरूलाई शैक्षिक सहयोग
  • विद्यालयलाई सुविधा तथा शैक्षिक सामग्री सहयोग
  • भावी पिढीका लागि चरित्र शिक्षा र बुबा-आमाको लागि शिक्षा

विश्वव्यापी वातावरण सुरक्षा

वातावरण प्रदूषण र जलवायु परिवर्तनले हामी सबैको जीवनलाई जोखिममा पार्ने असंख्य विपत्तिहरू निम्त्याउँछ । मानिस र प्रकृति सहअस्तित्वमा रहने सफा र दिगो भविष्य हासिल गराउन अध्यक्ष जाङ गिल जाले मानव-जातिको निम्ति वातावरण सरसफाइ कार्यको नेतृत्व लिनुहुन्छ । विश्वव्यापी समुदायले क्लीन वर्ल्ड अभियानद्वारा वातावरणसम्बन्धी जनचेतना जगाउने र स्थानीय समुदाय सफा गर्ने कार्य गर्दछ । उहाँले पानीको अभाव र जलवायु परिवर्तनका कारण कष्ट भोगिरहेका परिवारहरूलाई मद्दत गर्नुको साथै पृथ्वीको संरक्षण गर्ने भावी वातावरणीय लिडरहरू हुर्काउनुहुन्छ ।

गतिविधिहरू

  • विश्वव्यापी क्लीन वर्ल्ड अभियान
  • पानीको अभाव भएको राष्ट्रलाई पानी तथा सरसफाइ सामग्रीहरू सहयोग
  • जलवायु शरणार्थीहरूलाई स्वास्थ्य सहयोग तथा आत्मनिर्भर बन्न सहयोग
  • वातावरणीय लिडरहरू हुर्काउन वातावरणीय शिक्षा तथा क्याम्पेन

अन्तर्राष्ट्रिय शान्तिको लागि सहयोग

द्वन्द्व र युद्धको समाप्तिले साँचो शान्ति ल्याउँदैन । सामाजिक अपराध, द्वन्द्व र भेदभावको अन्त्य भएर सामुदायिक अधिकार सुनिश्चित भएमा अनि समुदाय र व्यक्तिहरू सद्‌भावमा पुग्न खुला संवाद र सक्रिय सुनाइमा संलग्न भएमा साँचो शान्ति हासिल हुन्छ । व्यक्ति, समुदाय, राष्ट्र र पूरै संसार एकसाथ शान्ति प्रक्रियामा सहभागी हुनुपर्छ ।

장길자 명예회장은 인류의 희망찬 미래를 만드는 데 세계인이 함께할 수 있도록 평화협력의 장을 만들어왔습니다. 이를 통해 국제기구, 각국 정부, 기관, 시민사회 등과 더불어 전쟁방지, 긴급구호, 생명구호를 위한 발전적 방안을 모색합니다. 이러한 글로벌 인도주의 행보는 국제사회 공동과제인 지속가능발전목표(SDGs) 이행과도 일맥상통하며 인류 평화의 길을 열어가고 있습니다.

गतिविधिहरू

  • युद्ध पीडित शरणार्थीहरूका लागि राहत कार्य
  • राष्ट्रका योग्य मानिसहरूलाई स्वास्थ्योपचार सहयोग
  • शान्ति सेनाहरूका लागि सान्त्वनादायक भ्रमण
  • न्यू लाइफ पारिवारिक पैदल ऱ्याली
  • न्यू लाइफ कन्सर्ट
  • सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरम
  • विश्व कल्याणको निम्ति कूटनीतिज्ञहरूसँग बैठक
  • अन्तर्राष्ट्रिय सङ्गठन, सरकार, संस्था र नागरिक समाजसँग र सहकार्य