zahnggiljah.com is provided in English. Would you like to change to English?
सन् २०१९ डिसेम्बर २ तारिखमा आयोजित<२०औँ न्यू लाइफ कन्सर्टमा>
न्यू लाइफ कन्सर्टद्वारा, विश्वव्यापी गाउँमा कठिनाइको सामना गरिरहेका हाम्रा छिमेकीहरूलाई सहयोग गर्न थालेको पनि २० वर्षभन्दा बढी भइसकेको छ । २० वर्षको उमेर भनेको वयस्क र परिपक्वताको उमेर हो । न्यू लाइफ कन्सर्टले आमाको जस्तै उदात्त मनद्वारा एक-अर्कालाई प्रोत्साहन दिँदै प्रेममा एक हुन सक्ने गरी प्रेमका गीतहरूद्वारा हाम्रा छिमेकीहरूलाई पीडा र दुःखमा सान्त्वना दिँदै मेलमिलापको साधनको रूपमा कार्य बिस्तार गर्नेछ । हाम्रो भूमिका वा कार्य सानो भए पनि संसारका सबै मानिसहरूको मनलाई प्रेम र सान्त्वनाले भरिपूर्ण हुने र जताततै प्रेमका गीतहरू गुञ्जिने शान्तिपूर्ण र न्यानो ठाउँ बनाउन वीलभयू फाउन्डेसनले कडा परिश्रम गर्नेछ ।
सबै जना बल गर्नुहोस् ! अन्धकार रातपछि नयाँ दिनको उषाकाल छाएजस्तै, यो संसार पनि सधैँ निराशाजनक र पीडाले भरिपूर्ण मात्र रहिरहँदैन । म आशा गर्दछु, कि आज यो समयद्वारा यहाँहरूले पीडा र कष्टलाई एकछिन भए पनि बिर्सेर प्रेमका गीतहरू एकसाथ गुनगुनाउनुहुनेछ, अनि आफ्नो उज्ज्वल र आशापूर्ण भविष्यतर्फ अगि बढ्नुहुनेछ । हामी यहाँहरूलाई आशाप्रद मन लिएर दृढतासाथ खडा हुन प्रोत्साहन दिन्छौं ।