हातमा हात समाएर सँगै हिँड्ने मार्ग

सन् २०१८ अप्रिल १५ तारिख <१९औँ नव जीवन पारिवारिक पैदल ऱ्याली>मा

April 15, 2018
FacebookTwitterEmailLineKakaoMessage

संसारमा यस्तो एउटा भनाइ छ । एकलै हिँड्ने मार्गमा उत्कट लालसा हुन्छ, दुई जना हिँड्ने मार्गमा प्रेम हुन्छ, तीन जना हिँड्ने मार्गमा मित्रता हुन्छ, अनि सबै जना सँगै हातमा हात मिलाएर हिँड्ने मार्गमा चाहिँ सान्त्वना र शक्ति हुन्छ । कठिनाइमा गुज्रिरहेका मानिसहरूको हात समाइदिँदा उनीहरूले जीवनको आशा पाउँछन्, अनि जीवनमा थकित भएर बाँच्ने इच्छा गुमाइरहेका मानिसहरूको हात समाइदिँदा उनीहरूले पुनः खडा हुने साहस बटुल्न सक्छन् ।

आज हात समाएर सँगै हिँड्दा, कठिनाइमा परेका छिमेकीहरूलाई साहस र आशाका साथ फेरि खडा हुनलाई प्रोत्साहन र समर्थन दिन हामी एकसाथ आशापूर्ण पाइला चाल्नेछौं । मानिसहरू फूलभन्दा अझ सुन्दर छन् । तपाईं अमूल्य हुनुहुन्छ, र अमूल्य छ तपाईंको जीवन ।