zahnggiljah.com is provided in English. Would you like to change to English?

June 1, 2011

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड

FacebookTwitterEmailLineKakaoSMS

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्डचाहिँ सक्रियतापूर्वक स्वयंसेवा गरेका व्यक्ति विशेष वा सङ्गठनलाई दिइने सर्वोत्कृष्ट अवार्ड हो । सेवा पुऱ्याएको समयअनुसार अवार्डलाई काँस्य स्तर, रजत स्तर र स्वर्ण स्तरमा वर्गीकरण गरिएको छ । विशेषतः आफ्नो जीवनकालमा ४,००० घण्टाभन्दा बढी समयसम्म समर्पणयुक्त सेवा गरेको कदरस्वरूप राष्ट्रपतीय स्वयंसेवा अवार्ड प्रदान गरिन्छ ।


“राष्ट्रपतीय स्वयंसेवा अवार्ड प्राप्त गर्नुभएकोमा बधार्ई छ, अनि हाम्रो देश र समाजमा एकदमै खाँचो परेका कुराहरू पूर्ति गर्न मद्दत गर्नुभएकोमा धन्यवाद !

मैले उद्घाटन मन्तव्यमा भनेको थिएँ, कि जिम्मेवारीको नयाँ युगको आवश्यकता छ जब अमेरिकीहरूले आफू, आफ्नो राष्ट्र र पूरै विश्वप्रति निभाउनुपर्ने कर्तव्यलाई बुझ्छन् । यो एउटा यस्तो कर्तव्य हो जसलाई हामीहरू निराश भएर होइन, तर खुशीसाथ स्वीकार गर्छौं । यो ज्ञानमा दृढ हुँदै, कि गाह्रो कार्यमा सक्दो गर्नुजत्तिको आत्मालाई सन्तुष्टि दिने कुरा अरू केही छैन । यहाँहरूको स्वयंसेवा यो कर्तव्यअनुरूप छ, जसले अमेरिकालाई महान् प्रतिज्ञातिर एक कदम अगाडि बढाउन मद्दत गरिरहेको छ ।

सरकारले महान् समाज सेवा गर्ने धेरै अवसरहरू प्रदान गर्छ, तर ती अवसरहरूलाई पक्रने कि नपक्रने भन्ने कुरा हामीमा निर्भर हुन्छ । यहाँहरूको समर्पणको लागि धन्यवाद, अनि हाम्रो महान् देश र उत्तम भविष्यको लागि सक्दो गरिदिनुभएकोमा धन्यवाद !”

बाराक ओबामा, संयुक्त राज्य अमेरिकाका ४४औँ राष्ट्रपति