zahnggiljah.com is provided in English. Would you like to change to English?

भिजन

“आमाको प्रेमद्वारा, कोही पनि एकलो नपरी
सबै जना एक-अर्कालाई आदर गर्दै जिउने
शान्तिमय संसार निर्माण गर्न”

एउटी आमा सन्तानको निम्ति आफ्नो जीवनको आहुती दिन पनि पछि पर्दिनन् ।
आमाले छिया-छिया परेको मनलाई सान्त्वना दिँदै सन्तानहरूलाई
आफ्नै खुट्टामा उभिन सक्नको निम्ति साहस र बल प्रदान गर्छिन् ।
आमाको यस्तै प्रेमद्वारा, कोही पनि एकलो नपरी सबै जना एक-अर्कालाई आदर
गर्दै जिउने शान्तिमय संसार निर्माण गर्नु नै माननीय अध्यक्ष जाङ गिल जाको भिजन हो ।

कोही पनि उपेक्षित नहुने संसार

प्रत्येक मानिस अमूल्य भएकोले कसैलाई पनि उपेक्षा गर्नुहुँदैन । उहाँले जातीय, धार्मिक, लैङ्गिक वा उमेरको आधारमा हुने भेदभावको अन्त्य गरी सबै जनालाई शान्ति र खुशीमा बाँच्न सक्ने गराउन आफ्नो पूरै जीवन समर्पित गर्नुभएको छ ।

“हाम्रो जीवन छोटो छ । कुनै व्यक्तिको निम्ति जीवनका सबै कठिनाइहरूको एकलै सामना गर्नु एकदमै गाह्रो कुरा हो । विश्वव्यापी गाउँमा एकलो र उपेक्षित जीवन बिताउन बाध्य बनिरहेका मानिसहरू धेरै छन् । यस्तो अवस्थामा, उनीहरूको साथमा हिँड्दै हौसला प्रदान गर्ने कोही भइदियो भने उनीहरूलाई कत्ति ठूलो सान्त्वना र आशा मिल्छ होला !”

सबै मानव-जाति
एउटा ठूलो परिवार 

“अन्तरिक्षबाट हेर्ने हो भने यो पृथ्वी एउटा सानो गाउँजत्रै देखिन्छ, अनि यसमा बसोबास गर्ने ७.७ अरब मानिसहरू एउटै परिवारका सदस्यहरू हुन् भनेर भन्दा पनि अतिरञ्जित नहोला ।”

स्वरूप, भाषा, राष्ट्रियता र वातावरण सबै फरक-फरक भए पनि विश्वव्यापी गाउँका मानिसहरूलाई एउटा विशाल परिवारको रूपमा लिन सकिन्छ । परिवारचाहिँ प्रेमद्वारा गाँसिएको सबैभन्दा बहुमूल्य समुदाय हो । एक-अर्कालाई आदर र प्रेम गर्दै जिउने बुबा, आमा र छोरा-छोरीद्वारा परिवार निर्माण भएको हुन्छ । आमाको न्यानो प्रेम र शिक्षाले परिवारमा मेलमिलाप कायम राखेजस्तै, विश्वव्यापी गाउँका सबै सदस्यहरूले एक-अर्कालाई आमाको मनद्वारा व्यवहार गर्दा सञ्चारको ढोका खोलिन्छ, अनि हामी सबै एकजुट हुन सक्छौं ।

मानिस परिवर्तन भएमा
संसार परिवर्तन हुने

“मानव-जातिको सबैभन्दा सानो एकाइ नै ‘मानिस’ हो । सकारात्मक सोचाइ वा परिवर्तित व्यवहारले परिवार, छिमेकी, समुदाय र राष्ट्रमा शान्ति र खुशीको बहार ल्याउँछ, अनि सम्पूर्ण विश्वलाई नै उज्ज्वल भविष्यतर्फ मार्गदर्शन गर्छ ।”

प्रत्येक मानिसको भद्र चरित्रको पछाडि, प्रेम र त्याग गर्दै आफ्ना छोरा-छोरीलाई पालनपोषण र शिक्षा दिने आमाको हात हुन्छ । तसर्थ सबै आमाहरूलाई मानिसको सर्वश्रेष्ठ शिक्षक र परिवारको शान्ति स्थापक भन्न सकिन्छ । मानिसले आमाबाट सिकेको न्यानो मनलाई आपसमा बाँड्दै जिउने हो भने समाजबाट विवाद र द्वन्द विलीन भएर त्यसको स्थानलाई दिगो विकास र शान्तिले प्रतिस्थापन गर्नेछ ।