zahnggiljah.com is provided in English. Would you like to change to English?

गतिविधि खबर

भियतनाममा भूतपूर्व सैन्य नर्सिङ होमलाई समर्थन

November 17, 2020
FacebookTwitterEmailLineMessage

सन् २०२० अक्टोबरमा वीलभयूले भियतनामको श्रम, भूतपूर्व सैन्य तथा सामाजिक मामिला मन्त्रालय(यस उप्रान्त श्रम मन्त्रालय)सँग आबद्ध भूतपूर्व सैन्य नर्सिङ होमलाई सामान दान गऱ्यो । हालसालै श्रम मन्त्रालयद्वारा ८ वटा भूतपूर्व सैन्य नर्सिङ होमहरू सञ्चालित छन् । करीब ३७० जना मानिसहरू स्वास्थ्य केन्द्रमा भर्ती भएका छन् र प्रत्येक वर्ष करीब ५,००० जना बिरामीहरू यहाँ उपचारको लागि आउने गर्छन् । भूतपूर्व सेनाहरूले अझ सहज रूपले केन्द्रहरू प्रयोग गर्न सकून् भनेर वीलभयूले भियतनामको श्रम मन्त्रालयसँग सहकार्य गरेको हो ।

भियतनामका भूतपूर्व नर्सिङ होमहरूलाई समर्थन

भियतनामले एक स्वतन्त्र देश हुनुअघि विभिन्न युद्धहरूको सामना गऱ्यो, जसले गर्दा यहाँ भूतपूर्व सेनाहरू धेरै छन् । तर भूतपूर्व सैन्य नर्सिङ होमका लागि सरकारले गरेको आर्थिक सहयोग भने पर्याप्त छैन । परिणामस्वरूप नर्सिङ होमहरूले पुराना सुविधाहरू राम्ररी मर्मत र प्रतिस्थापन गर्न सकेका छैनन् । भियतनामको श्रम मन्त्रालयले वीलभयूलाई भूतपूर्व सैन्य नर्सिङ होमहरूको सुविधालाई सुदृढ गर्न सहयोगको लागि अनुरोध गऱ्यो । वीलभयूका सदस्यहरूले जुलाई ७ तारिखमा श्रम मन्त्रालयका अधिकारीहरूसँगको बैठकमार्फत, नर्सिङ होमहरूलाई समर्थन गर्ने विशेष योजनाबारे छलफल गरे ।

अक्टोबर २१ तारिखमा वीलभयू र भियतनामको श्रम मन्त्रालयबीच MOU हस्ताक्षर समारोह सम्पन्न भयो । दुवै संस्थाहरू कोरिया र भियतनाममा आपसी आदानप्रदान र सहयोगमार्फत भविष्यमा विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्नमा सहमत भए । यस बैठकमा माननीय अध्यक्ष जाङ गिल जाज्यूले भियतनामको श्रम मन्त्रालयमा भूतपूर्व सैन्य नर्सिङ होमलाई सहयोग गर्न ७,००० अमेरिकी डलर बराबरको सामान उपलब्ध गराउने वाचा गर्नुभयो ।

८ वटा भूतपूर्व सैन्य नर्सिङ होमहरूलाई तातो र चिसो जल प्रशोधन, साथै अद्योगिक राइस कुकर दान

२२ र २३ तारिखमा वीलभयू फाउन्डेसनको हानोइ शाखाले १२ वटा तातो र चिसो जल प्रशोधन, साथै ४ वटा अद्योगिक राइस कुकर खरीद गरी प्रत्येक क्षेत्रको भूतपूर्व सैन्य नर्सिङ होमहरूमा पठायो । लोङ दत, मिएन छुङ, साम सन र फु थोका नर्सिङ होमहरूमा एउटा तातो र चिसो जल प्रशोधन र एउटा राइस कुकर वितरण गरियो अनि जुइ तियन, किम बाङ, लाङ जाङ र थुअन थाइनमा दुई वटा तातो र चिसो जल प्रशोधन वितरण गरियो ।

प्रत्येक नर्सिङ होममा नोभेम्बर १७ देखि ३० तारिखसम्म दान समारोह आयोजना गरियो । कोभिड-१९को रोकथामका उपायहरूको पालना गर्दै सदस्यहरूले, प्रत्येक भूतपूर्व सैन्य नर्सिङ होमका अधिकारीहरूसँग कुराकानी गर्नका लागि त्यहाँ भ्रमण गर्दै नर्सिङ होमहरूमा रहेका भूतपूर्व सेनाहरूलाई सान्त्वना दिए । भविष्यमा अझ कसरी यी कार्यहरू बढ्दो रूपमा गर्न सकिन्छ भन्ने सोचका साथ उनीहरूले नर्सिङ होममा भएका कठिनाइहरूको विषयमा ध्यान दिए । भूतपूर्व सेनाहरूले वीलभयूका सदस्यहरूको स्वागत गर्दै “धेरै संस्थाहरूले हाम्रो केन्द्रमा भ्रमण गरे तर कसैले पनि हाम्रा प्रयासहरूका लागि वीलभयूले जस्तो सान्त्वना र प्रोत्साहन दिएनन्” भन्दै आफ्नो हार्दिक आभार पनि व्यक्त गरे ।

हामीहरू एकसाथ कोभिड-१९ महामारीलाई जितौं

कोभिड-१९ महामारीले हामीमाझ अभूतपूर्व चुनौतिहरू राखिदिएको छ तर यसले हाम्रो सहयोग कार्यलाई रोकेको छैन । भियतनाम र कोरियाबीच प्रगाढ सम्बन्ध छ । तसर्थ सैन्य नर्सिङ होम सामाजिक मामिला मन्त्रालयले वीलभयूको सहयोग गतिविधिको उच्च सराहना गर्दछ ।

गुएन मा कुओङ, भियतनामको श्रम मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग विभागका महानिर्देशक, MOU हस्ताक्षर समारोह

भियतनामको श्रम मन्त्रालयसँग MOU हस्ताक्षर गरेपछि पहिलो गतिविधिको रूपमा भूतपूर्व सैन्य नर्सिङ होममा सामान उपलब्ध गराउने कार्य भयो । वीलभयूले बेलैमा गरेको सहयोगप्रति भूतपूर्व सैन्य नर्सिङ होम सामाजिक मामिला मन्त्रालयले हार्दिक धन्यवाद ज्ञापन गऱ्यो । देशको लागि आफ्नो जीवन अर्पण गर्ने भूतपूर्व सेनाहरूले बाँकी रहेको जीवन आरामदायक र खुशीसाथ बिताउन सकून् भनेर वीलभयूका सदस्हरूले कामना गरे । यसबाहेक उनीहरूले कोभिड-१९ महामारीका कारण जोखिममा परेका छिमेकीहरूलाई बेला-बेलामा सहयोग गर्ने सङ्कल्प गरे ।