zahnggiljah.com is provided in English. Would you like to change to English?
सन् २०१९ मे ६ तारिखमा आयोजित<२०औँ न्यू लाइफ पारिवारिक पैदल ऱ्यालीमा>
भनिन्छ, “घरचाहिँ बुबाको राज्य, आमाको संसार र छोरा-छोरीको स्वर्गलोक हो ।” योजस्तै, घरचाहिँ सबै जनाको शक्तिको मुख्य स्रोत हो । परिवारचाहिँ मानव इतिहासको सबैभन्दा सानो सामाजिक सङ्गठन र खुशीको एकाइ हो ।
परिवार खुशी भयो भने समाज खुशी हुन्छ, समाज खुशी भयो भने देश खुशी हुन्छ, अनि देश खुशी भयो भने संसार खुशी हुन्छ । वास्तवमा यो स्वाभाविक क्रम हो ।
अहिले हामी विश्वव्यापी गाउँका सबै मानिसहरूलाई एउटै परिवारका सदस्यहरूको रूपमा लिने युगमा छौं । छालाको रङ, जात, सांस्कृतिक पृष्ठभूमि, भाषा र जीवनशैली फरक-फरक भए पनि हामी सबै जना मानिस हौं भन्ने यो एउटै यथार्थताद्वारा मात्र पनि हामी एउटै परिवार हौं भनी महसुस गर्न सक्छौं ।
विश्वव्यापी गाउँमा कठिनाइको सामना गरिरहेका हाम्रा छिमेकीहरूमाझ सहयोगको हात फैलाउनको निम्ति आज पैदल ऱ्याली कार्यक्रमद्वारा हामी यसरी भेला भएका छौं । आज पनि उनीहरूलाई प्रेम र आशाप्रद प्रोत्साहन र सहयोग प्रदान गर्नको निम्ति हाम्रा पाइलाहरू चालौं ।
हामी एक-अर्कालाई प्रेम र सहयोग गर्दै विश्व शान्तिको निम्ति प्रयत्न गरौं ।