zahnggiljah.com is provided in English. Would you like to change to English?
सन् २०१८ नोभेम्बर २५ तारिख <१९औँ नव जीवन कन्सर्ट >मा
विगतको इतिहासमा अधिकांश कोरियालीहरू चरम गरिबीले पेलिएको त्यस्तो दुःखद् समय पनि थियो । त्यस बेलाका कोरियालीहरूको अवस्थाजस्तै, अहिले विश्वका १० प्रतिशत मानव-जाति पनि अत्याधिक गरिबीको चपेटामा परी विपत्ति र रोगका कारण कष्ट भोगिरहेका छन् । कोरियालीहरूको वर्तमान अवस्थालाई विचार गर्दा, कोरियालीहरूले अन्य देशका अपरिचित मानिसहरूको सहयोगद्वारा हान नदीको चमत्कार, राष्ट्रिय स्वतन्त्रता र शक्ति प्राप्त गर्न सकेका हुन् भनी म सोच्दछु । अहिले कोरिया विश्वका उच्च आर्थिक शक्तिहरूमध्येमा पर्दछ । त्यसैले विश्वव्यापी गाउँमा सहयोगको खाँचो परेका देशहरू र छिमेकीहरूलाई सहयोग गरी एकसाथ जिउने तरिका खोज्नु नै कोरियालीहरूको कर्तव्य हो जस्तो लाग्छ ।
अहिलेसम्म थाहै नपाई हामीहरू एकसाथ एउटै मार्गमा हिँडिरहेका रहेछौं । एकसाथ एउटै बाटोमा हिँड्नुभन्दा अझ खुशीको कुरा केही छैन । यहाँ उपस्थित सबै जना हाम्रा आत्मिक परिवार हुनुहुन्छ । आफ्नोभन्दा अरू मानिसहरूको पीडाप्रति ध्यानकेन्द्रित भएर यहाँहरूले विश्वव्यापी गाउँका छिमेकीहरूलाई प्रोत्साहन र समर्थन दिनुभएको छ । यहाँहरू सबै जना अनन्त वीलभयू परिवार हुनुहुन्छ ।