सन् २०१२ नोभेम्बर २८ तारिखमा आयोजित<१३औँ न्यू लाइफ कन्सर्टमा>
परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा भूमिको माटोबाट बनाउनुभएको कुरा यहाँहरूलाई सर्वविदितै छ । परमेश्वरले माटोको डल्लामा ३६.५ डिग्री सेल्सियसको प्रेम थपिदिनुभएपछि मानिसले जीवन प्राप्त गऱ्यो । यो नै परमेश्वरले सृष्टि गर्नुभएको मानिसको स्वरूप हो । अनि उहाँले मानिसको निम्ति जिउनलाई एक वर्षमा ३६५ दिन हुने गराउनुभयो । ३६.५ डिग्री सेल्सियस र ३६५ दिनचाहिँ सृष्टिकर्ताको अदृश्य प्रबन्धभित्र निर्मित जीवन र प्रेमको प्रतिक्रिया हो । वर्षको ३६५ दिन नै ३६.५ डिग्री सेल्सियसको प्रेमपूर्ण मनद्वारा जिउनु नै स्वर्गको इच्छा हो ।
आजको यो न्यू लाइफ कन्सर्टद्वारा हामीले आफ्नो जीवन र प्रेमलाई फर्केर हेर्ने समय लिनेछौं भनी आशा गर्दछु । त्यसको साथै यसले, कठिनाइमा जिइरहेका सबै छिमेकीहरूमा आशा जगाउनेछ भन्ने कुराप्रति म विश्वस्त छु । यो क्षणचाहिँ सबै मानिसहरूको मनमा जीवन र प्रेमको रूपमा सदाकाल रहनेछ भनी आशा गर्दछु ।