माननीय अध्यक्ष जाङ गिल जाले सम्पूर्ण मानव-जातिलाई ‘विश्वव्यापी परिवार’ मान्दै आमाको मनद्वारा कार्य गर्नुहुन्छ । उहाँले महिला अधिकार संरक्षण गर्ने, भेदभावरहित समाज निर्माण गर्ने, भावी पिढीलाई शैक्षिक सहयोग गर्ने, जलवायु परिवर्तनप्रति आवश्यक कदम चाल्ने, विश्वव्यापी वातावरण संरक्षण गर्ने कार्य गर्नुहुन्छ । त्यसको साथै उहाँले युद्धमुक्त विश्व र शान्ति स्थापनाको निम्ति पनि कार्य गर्नुहुन्छ ।
महिलाहरू जीवनको सुरुवात र समाज विकासका आधार हुन् । महिलाहरूले आमा र पत्नीको रूपमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यद्यपि विश्वका विभिन्न ठाउँहरूमा अझै पनि महिलाहरू पछि परेको, भेदभाव र हिंसाको शिकार भएको र मानव अधिकारबाट वञ्चित भएको अवस्थामा छन् । अध्यक्ष जाङ गिल जाले महिलाको दैनिक जीवनको अधिकार, स्वतन्त्रता अधिकार र शिक्षा अधिकार संरक्षणको निम्ति कार्य गर्नुहुन्छ । उहाँले एकल आमाहरू, विकलाङ्ग महिला र आप्रवासी महिलाहरूको स्वास्थ्य खर्च, व्यवहारिक स्वास्थ्य, दैनिक आवश्यकताजस्ता विभिन्न कुराहरूमा सहयोग पुऱ्याउने कार्य गर्नुहुन्छ ।
भोक, पानीको अभाव, गरिबी, रोग, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, वातावरण प्रदूषण, असमानता, भेदभाव र सीमान्तिकरणद्वारा पीडित मानिसहरू थुप्रै छन् । मानिसहरू लिङ्ग, जाति, उमेर, संस्कृति, विकलाङ्ग वा सामाजिक र आर्थिक स्तरको भेदभावमा नपरी समान जीवन जिउन सकून् भनेर अध्यक्ष जाङ गिल जाले उनीहरूलाई ती अवस्थाहरूबाट सुरक्षा प्रदान गर्न प्रयत्न गर्नुहुन्छ ।
बालबालिका र युवाहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई स्वस्थ र समतामूलक समाजमा हुर्कन सहयोग गर्नु नै सफल भविष्यतर्फको पहिलो पाइला हो । अध्यक्ष जाङ गिल जाले असल चरित्र, संवेदनशीलता र मित्रताको भाव प्रवर्धन गर्नको लागि भविष्यका कर्णाधारहरूको शिक्षालाई महत्त्व दिनुहुन्छ । अनि नाजुक परिस्थितिका कारण कोही पनि उपेक्षित नहोऊन् भनेर स्वास्थ्य खर्च, शैक्षिक सुविधा तथा सामग्रीहरू प्रदान गरेर युवाहरूलाई सहयोग गर्नुहुन्छ । उहाँले युवाहरूलाई भविष्यमा सबै मानिसहरूको समानता र सम्मानको निम्ति कार्य गर्न सक्षम बनाउनुको साथै त्यसको निम्ति युवा सशक्तिकरणमा अत्यन्तै ध्यान दिनुहुन्छ ।
वातावरण प्रदूषण र जलवायु परिवर्तनले हामी सबैको जीवनलाई जोखिममा पार्ने असंख्य विपत्तिहरू निम्त्याउँछ । मानिस र प्रकृति सहअस्तित्वमा रहने सफा र दिगो भविष्य हासिल गराउन अध्यक्ष जाङ गिल जाले मानव-जातिको निम्ति वातावरण सरसफाइ कार्यको नेतृत्व लिनुहुन्छ । विश्वव्यापी समुदायले क्लीन वर्ल्ड अभियानद्वारा वातावरणसम्बन्धी जनचेतना जगाउने र स्थानीय समुदाय सफा गर्ने कार्य गर्दछ । उहाँले पानीको अभाव र जलवायु परिवर्तनका कारण कष्ट भोगिरहेका परिवारहरूलाई मद्दत गर्नुको साथै पृथ्वीको संरक्षण गर्ने भावी वातावरणीय लिडरहरू हुर्काउनुहुन्छ ।
द्वन्द्व र युद्धको समाप्तिले साँचो शान्ति ल्याउँदैन । सामाजिक अपराध, द्वन्द्व र भेदभावको अन्त्य भएर सामुदायिक अधिकार सुनिश्चित भएमा अनि समुदाय र व्यक्तिहरू सद्भावमा पुग्न खुला संवाद र सक्रिय सुनाइमा संलग्न भएमा साँचो शान्ति हासिल हुन्छ । व्यक्ति, समुदाय, राष्ट्र र पूरै संसार एकसाथ शान्ति प्रक्रियामा सहभागी हुनुपर्छ ।
पूरै संसार मानव-जातिको निम्ति आशापूर्ण भविष्य निर्माणमा सामेल हुन सक्ने गरी अध्यक्ष जाङ गिल जाले सञ्जाल बनाउँदैआउनुभएको छ । योद्वारा उहाँले अन्तर्राष्ट्रिय सङ्गठन, सरकार, संस्था एवम् नागरिक समाजसँगको समन्वयमा युद्धविराम, आपत्कालीन राहत र जीवन बचाउनका लागि विकासात्मक उपायहरूको खोजी गर्नुहुन्छ । उहाँको अन्तर्राष्ट्रिय मानवतावादी गतिविधिहरू, विश्व शान्तिको मार्ग तयार गर्ने अन्तर्राष्ट्रिय समुदायको आधारभूत कार्य रहेको दिगो विकास लक्ष्यहरू(SDGs)को कार्यान्वयनअनुरूप छन् ।