zahnggiljah.com is provided in English. Would you like to change to English?

August 7, 2020

माननीय अध्यक्ष जाङ गिल जाज्यूद्वारा, इक्वेडोरलाई कोभिड-१९ रोकथाम आपूर्ति सामग्री दान

FacebookTwitterEmailLineMessage

सन् २०२०को मार्चमा, विश्व स्वास्थ्य सङ्गठन [WHO]ले कोभिड-१९लाई महामारी घोषणा गऱ्यो । कोभिड-१९ तीव्र गतिमा फैलिएसँगै मध्य र दक्षिण अमेरिकाका देशहरूमा आपत्कालीन अवस्था छायो । कोभिड-१९ले इक्वेडोरमा पनि राष्ट्रिय अराजकता निम्त्यायो । कारण यसले चिकित्सा प्रणालीलाई निष्क्रिय पार्दै महामारी घोषणा भएको दुई महिनामै इक्वेडोरमा सङ्क्रमितहरूको संख्या करीब २५,००० पुग्यो । तब वीलभयूले कोरियास्थित इक्वेडोरियन दूतावासको सहयोगमा इक्वेडोरलाई कोभिड-१९ परीक्षण कीटहरू उपलब्ध गराउने निर्णय गऱ्यो ।

कोरियास्थित इक्वेडोरियन दूतावासमा वीलभयूद्वारा इच्छा-पत्रमा हस्ताक्षर

इक्वेडोरलाई दान दिनुअघि वीलभयूले कोरियास्थित इक्वेडोरियन दूतावाससँग इच्छा-पत्रमा हस्ताक्षर गऱ्यो । हस्ताक्षर समारोहचाहिँ कोरियाको फान्ग्यो ग्यङगी-दोमा अवस्थित वीलभयूको मुख्यालयमा मे १३ तारिखका दिन भएको थियो । उक्त हस्ताक्षर समारोहमा माननीय अध्यक्ष जाङ गिल जाज्यू, वीलभयूका बोर्ड सदस्यहरू, कोरियास्थित इक्वेडोरियन कूटनीतिक मिसनका जोनी डि. राइनोसो भास्क्वीज र दूतावासका अधिकारीहरू भेला हुनुभएको थियो । इच्छा-पत्रमा हस्ताक्षर गर्दै वीलभयूले कोरियास्थित इक्वेडोरियन दूतावाससँग सहकार्य गर्ने र प्रकोप राहत वितरण, गरिबी निवारण र वातावरण संरक्षण जस्ता विभिन्न गतिविधिहरू गर्ने अपेक्षा गरिएको छ ।

सोही दिनमा माननीय अध्यक्ष जाङ गिल जाज्यूले कोरियास्थित इक्वेडोरियन दूतावासलाई कोभिड-१९का आपूर्तिहरू दान गर्ने वाचा गर्नुभयो । उहाँले “विश्वव्यापी गाउँका एउटै परिवार भएका हामीले प्रेमद्वारा एक-अर्कालाई सहयोग गर्नुपर्छ” भन्नुहुँदै कोभिड-१९को अवस्था इक्वेडोरमा शीघ्र सहज भई सबै कुरा चाँडै ठीक हुने कुरा बताउनुभयो । यसबाहेक उहाँले कोरिया र कोरियाबाहिरका देशहरूको अवस्थालाई ध्यानमा राखी फेस मास्क थप दान गर्ने वचन दिनुभयो । कोरियास्थित जोनी डि. रेनोसो भास्क्वेजले इक्वेडोरमा कोभिडको अवस्था खराब भएको बताए र “वीलभयूको सहयोगले इक्वेडोरका नागरिकहरूलाई ठूलो सहयोग मिल्नेछ” भन्दै वीलभयूप्रति कृतज्ञता व्यक्त गरे ।

इक्वेडोरलाई १,००० थान परीक्षण कीट र २०,००० थान मास्क दान

अगस्ट ७ तारिख बिहान करीब ११ बजे इक्वेडोरको परराष्ट्र र मानव गतिशीलता मन्त्रालयको मुख्य भवनमा वीलभयूले कोभिड-१९ रोकथाम आपूर्ति सामग्री दान समारोह आयोजना गरेको थियो । इक्वेडोरको क्वीटोबाट वीलभयूका व्यवस्थापक छ्वे जङ उ र वीलभयूका अन्य ६ जना सदस्यहरू परराष्ट्र मन्त्री लुइस गालेगोस, स्वास्थ्य उप-मन्त्री जेभियर सोलोर्जानो र प्रत्येक मन्त्रालयका अधिकारीहरू थोरै संख्यामा समारोहमा उपस्थित हुनुभयो ।

वीलभयूले परराष्ट्र र मानव गतिशीलता मन्त्रालयलाई ५०० थान परीक्षण कीट र जनस्वास्थ्य मन्त्रालयलाई ५०० थान परीक्षण कीटका साथै २०,००० थान फेस मास्क [KF94] प्रदान गऱ्यो । बिरामी र विपन्न नागरिकहरूलाई सहयोग गर्न भनी दान गरिएको कोभिड-१९का रोकथाम आपूर्ति सामग्रीलाई इक्वेडोर सरकारले स्वास्थ्य चौकीमा पठाउने योजना गरेको छ । स्वास्थ्य उप-मन्त्री जेभियर सोलोर्जानोले “इक्वेडोरका नागरिकहरूलाई सहयोग गरिदिभएकोमा म, अध्यक्ष जाङ गिल जाज्यूप्रति ज्यादै आभारी छु । मानव-जातिका निम्ति निरन्तर असल कार्य गरिरहने वीलभयूलाई म समर्थन गर्नेछु” भन्नुभयो ।

कोभिड-१९ महामारीको बीचमा इक्वेडोरमा प्रेम र प्रोत्साहन बाँड्दै

सन् २०१६मा भूकम्पको क्षतिबाट ग्रस्त इक्वेडोरलाई पुनर्स्थापन गर्न र कोभिड-१९ महामारीको सामना गर्न सहयोग गरिदिनुभएकोमा वीलभयूप्रति हामी साँच्चै आभारी छौं ।

इक्वेडरका परराष्ट्र मन्त्री, लुइस गालेगोस

सन् २०१६को अप्रिलमा गम्भीर क्षति बेहोरेको इक्वेडोरका भूकम्प पीडितहरूलाई वीलभयूले दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन ५०,००० अमेरिकी डलर अनुदान गरेको थियो । वीलभयूले इक्वेडोरियन सरकारसँग छलफल गरेर त्यहाँका प्रभावित क्षेत्रहरूको भ्रमण गरी स्थानीयबासीहरूलाई पहिलेकै अवस्थामा फर्काउन व्यावहारिक सहयोग पनि गऱ्यो । यो कुराको कदरस्वरूप इक्वेडोरका सामाजिक तथा आर्थिक समावेशी मन्त्रालयले वीलभयूलाई प्रशंसा-प्लेक प्रदान गऱ्यो । साथै सातौँ र तेह्रौँ दिनमा कोरियास्थित इक्वेडोरको दूतावास र इक्वेडोरको परराष्ट्र र मानव गतिशीलता मन्त्रालय प्रत्येकले कोभिड-१९ रोकथाम आपूर्ति सहयोग गरिदिनुभएकोमा माननीय अध्यक्ष जाङ गिल जाज्यूलाई कदर-पत्र पठाए ।

वीलभयूचाहिँ प्रकोप, रोग, गरिबी आदिको चपेटामा परेका विश्वव्यापी छिमेकीलाई माताको प्रेमद्वारा सहयोग गर्ने विश्वव्यापी परोपकारी संस्था हो । सन् २०२०देखि वीलभयूले प्रत्येक देशको सरकार र संस्थाहरूसँगको सहकारितामा आधारित रहेर कोभिड-१९ सङ्कटलाई पार गर्न राहत गतिविधिमा ध्यान केन्द्रित गरेको छ ।

सम्बन्धित लेख