सन् २०१५ डिसेम्बर १३ तारिख <१६औँ नव जीवन कन्सर्ट>मा
आज यहाँहरूजस्तो सुन्दर मानिसहरूलाई भेट्न पाएकोमा मेरो मन एकदम न्यानो र खुशी भएको छ ।
विगत १६ वर्षदेखि हामी वर्षैपिच्छे सधैँ एकै मनद्वारा यहाँ भेला हुँदैआएका छौं । विश्वव्यापी गाउँमा कष्ट भोगिरहेका छिमेकीहरूलाई हामीले प्रेमको गीतद्वारा प्रोत्साहन दियौं । अनि आत्मामा कमजोर भएकाहरूलाई शक्ति प्रदान गऱ्यौं । प्रेमका गीतहरूले छिमेकीहरूको हृदयमा आशा, ज्योति र उत्साह ल्याउँदछ, जसले गर्दा उनीहरूले जीवनका कठिनाइहरू सहन सक्छन् । हाम्रा गीतहरूले थकित हृदयलाई प्रोत्साहन दिने र निरुत्साहित हृदयलाई जागा गराउनेजस्ता चमत्कारपूर्ण कार्य गरिरहेको छ ।
सम्पूर्ण महानुभावहरू ! हामी पृथ्वी नामक घरमा बस्ने एउटै परिवार हौं । हामी यहाँका छिमेकीहरू हौं । त्यसैले आशा र साहस लिनुहोस्, अनि बल गर्नुहोस् । हामी यहाँहरूलाई प्रेम गर्दछौं । हामीले एकसाथ बिताएका क्षणहरू यहाँहरूको जीवनभर सुन्दर पलको रूपमा रहनेछ भनी म आशा गर्दछु । हामी सधैँ यहाँहरूलाई प्रोत्साहन दिनेछौं । बल गरौं ! धेरै आशिष् पाउनुहोस् !