zahnggiljah.com is provided in English. Would you like to change to English?
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष रहनुभएकी जाङ गिल जा, दिगो विश्व शान्ति र मानव पारस्परिक सम्मानको लागि निरन्तर कार्य गर्दैआउनुभएकी मानवतावादी अभियन्ता हुनुहुन्छ । उहाँ एक यस्तो आत्मिक नेतृ हुनुहुन्छ, जसले उदाहरणद्वारा विश्वभरिका समुदायहरूलाई एक आपसमा सहयोग र हेरचाह गर्न सिकाउनुहुन्छ ।
विश्वव्यापी गाउँमा बसोबास गर्ने सबै मानिसहरूलाई एउटै ठूलो परिवार मान्ने आमाको मनद्वारा उहाँले महिला अधिकार संरक्षण, समतामूलक समाज निर्माण र विश्व शान्ति कायम गर्ने हेतुले अरूसँग बाँड्ने, अरूको सेवा गर्ने समर्पणयुक्त जीवन बिताउँदैआउनुभएको छ ।
अध्यक्ष जाङ गिल जाले आमाको मनद्वारा विश्वका धेरै मानिसहरूलाई हेरचाह र सहयोग दिँदैआउनुभएको छ । परिवारमा मेलमिलाप भयो भने सबै कुरा राम्रो हुन्छ भन्ने गरिन्छ । प्रेम र समर्थनको छत्रछायामुनि हुर्किएका मानिसहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् भन्ने मान्यता पनि छ । व्यक्ति, परिवार, समाज, राष्ट्र र सबै मानव-जातिको खुशी र सफलताचाहिँ आमाको प्रेम र समर्थनद्वारा हासिल हुन सम्भव छ ।
अहिले हाम्रो समाजलाई सबैभन्दा आवश्यक परेको कुरा भनेकै आमाको प्रेम हो । विश्वव्यापी परिवारको उन्नति र सद्भावको सन्दर्भमा पनि उस्तै हो । एउटी आमा आफ्ना छोरा-छोरीलाई समाजमा असल, अर्थपूर्ण र सहयोगी जीवन जिउनतर्फ मार्गदर्शन गर्नको निम्ति उनीहरूलाई निःस्वार्थ प्रेम र हेरचाह दिनतर्फ केन्द्रित रहन्छिन् ।
आमाचाहिँ एक महान् स्वयंसेविका, शिक्षिका र नेतृ हुन् । निःस्वार्थ प्रेम दिँदै समाज कल्याण, सद्भाव र शान्तिको निम्ति योगदान पुऱ्याउनुभएकी अध्यक्ष जाङ गिल जा, ती सबै गुणले सुशोभित हुनुभएकीले नै विश्वभरिका मानिसहरूले उहाँलाई ‘आमा’ भनेर सम्बोधन गर्छन् ।
अध्यक्ष जाङ गिल जाले विश्वव्यापी परिवारको खुशी र हेरचाहमा ध्यान केन्द्रित गर्नुहुँदै आमाको रूपमा जीवन बिताइरहनुभएको छ । उहाँले मुटु रोगी, श्वासप्रश्वासको समस्या भएका बालबालिकाहरू तथा प्रकोप पीडितहरूलाई फेरि खडा हुन सक्नको निम्ति आशा प्रदान गर्नुको साथै समाजको ओझेलमा परेकाहरूमाझ न्यानो प्रेम बाँड्नुहुन्छ ।
उहाँले मानव-जातिलाई अँगाल्ने आमाको प्रेमद्वारा, जीवन जोखिममा परेकाहरूलाई बचाउन गर्नुभएको बलिदानबाट वरिपरिका मानिसहरूलाई ठूलो प्रेरणा मिलेको छ । अहिले एक जना, दुई जना गर्दै धेरै मानिसहरूले छिमेकी, कुनै क्षेत्र र देशलाई गर्ने सहायतायुक्त गतिविधिहरूको दायरा बढेको छ । फलस्वरूप, समुदाय र संसारको हेरचाह गर्ने उहाँको विचारधाराको धेरै जनाले अनुसरण गरेका छन् ।
रोग, प्रकोप र गरिबीको मारमा परेका मानिसहरूलाई मद्दत गर्ने अध्यक्ष जाङ गिल जाका गतिविधिहरू ५१ वटा देशहरूमा व्यापक रूपमा सञ्चालन भइरहेको छ । उहाँले एसिया र अफ्रिकामा पानी पम्प जडान गर्ने, पानी आपूर्ती तथा भण्डारण सुविधाका लागि अनुदान प्रदान गर्ने लगायतका कार्यहरूको नेतृत्व लिनुहुन्छ, जुनचाहिँ पानीको अभाव खेपिरहेका मानिसहरूको निम्ति आशा र जीवन बनेको छ । त्यसै गरी उहाँले मध्यपूर्वको गृहयुद्ध पीडितहरूका लागि औषधी तथा दैनिक उपभोग्य सामग्रीहरू आपूर्ती गर्नुभएको छ । संसारमा एक जना पनि अपहेलित नहुने गरी खुशी र शान्ति कायम नहोउञ्जेल अध्यक्षले आमाको मनद्वारा यस विश्वव्यापी गाउँको सेवा गर्ने कार्यलाई निरन्तरता दिनुहुनेछ ।