Uncategorized @ne
February 18, 2019

सन् २०१९ अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको रात्रीभोज सम्मेलन

FacebookTwitterEmailLineMessage

सन् २०१९ फेब्रुअरी १८ तारिखमा गाङनाम सउलको ग्रान्ड इन्टरकन्टिनेन्टल सउल पर्नासमा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले रात्रीभोज सम्मेलनको आयोजना गऱ्यो । सम्मेलनमा वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा, सञ्चालक समितिका सदस्यहरू लगायत २० वटा राष्ट्रहरूका कूटनीतिक राजदूतहरूको सहभागिता रह्यो । अध्यक्ष जाङ गिल जाले वीलभयूका गतिविधिहरूमा सहयोग गर्ने राजदूतहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । कूटनीतिज्ञहरूले वीलभयूद्वारा हालसालै गरिएका गतिविधिहरू र दिगो विकास लक्ष्य[SDGs]को आधारमा विश्वभरिका छिमेकीहरूलाई मद्दत गर्ने सन् २०१९को कार्य योजनासम्बन्धी प्रस्तुतिहरूमा एकदमै ध्यानाकृष्ट गरे । उनीहरू सबैले वीलभयू फाउन्डेसनसँग सक्रियतापूर्वक सहकार्य गर्ने इच्छा जाहेर गरे ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको रात्रीभोज सम्मेलन : विश्वव्यापी सहकार्यको एक अवसर

सन् २०१९ अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको रात्रीभोज सम्मेलनचाहिँ विश्वभर खाँचोमा परेका छिमेकीहरूलाई मद्दत गर्नको निम्ति अन्तर्राष्ट्रिय सहयोगबारे छलफल गर्ने स्थान बन्यो । वीलभयूले गरिबी निवारण, वातावरण संरक्षण, शैक्षिक सहयोग जस्ता दिगो विकास लक्ष्यहरूसँग मिल्ने अनगिन्ती कल्याणकारी गतिविधिहरू विश्वभरि सञ्चालन गर्दैआएको छ । थुप्रै देशका सरकार र स्थानीय नगरपालिकाहरूले अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनसँग MOU सम्झौता-पत्रमा हस्ताक्षर गर्दै वीलभयूका कार्यहरूप्रति सकारात्मक प्रतिक्रिया दिए । विश्वव्यापी सहकार्यलाई प्रबल बनाउन अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले नियमित रूपमा सम्मेलनहरू, फोरमहरू लगायतका विभिन्न गतिविधिहरू गर्दैआएको छ ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको यो सम्मेलनचाहिँ लगातार तेस्रो पटक आयोजना गरिएको हो । सन् २०१८मा वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाले दिगो विकास लक्ष्यहरू कार्यान्वयन गर्नको निम्ति विश्वव्यापी साझेदारीबारे सञ्चालक समितिका सदस्यहरू र १७ वटा देशहरूमा अवस्थित दूतावासहरूका अधिकारीहरूसँग छलफल गर्नुभयो । सन् २०१९मा जोर्डन, मलेसिया, रोमानिया गरी २० वटा राष्ट्रका राजदूतहरू सम्मेलनमा सहभागी भए ।

मानव-जातिको खुशीको निम्ति विश्वव्यापी सहकार्यलाई प्रबल बनाउँदै

म आशा गर्दछु, कि यस अन्तर्राष्ट्रिय वीलभयू सम्मेलनद्वारा हामीले वातावरणीय शरणार्थी, युद्ध शरणार्थी बन्न पुगेका र कठिनाइमा परेका हाम्रा विश्वव्यापी छिमेकीहरूलाई आशा, साहस र सहयोग दिन सक्नेछौं ।

अध्यक्ष जाङ गिल जा

साँझ ५ बजे सम्मेलन आरम्भ भयो । अध्यक्ष जाङ गिल जाले उपस्थित व्यक्तित्वहरूप्रति कृतज्ञता जाहेर गर्नुभएपछि विश्वव्यापी छिमेकीहरूको खुशीको निम्ति के गर्न सकिन्छ भन्नेबारे स्वतन्त्र रूपले सुझाव दिन आग्रह गर्नुहुँदै छलफल कार्य सुरु गर्नुभयो । जोर्डनका राजदूतले वीलभयू फाउन्डेसनले निरन्तर गर्दैआएको विश्वव्यापी सहकार्यबारे टिप्पणी दिनुभयो, अनि आपसी साझेदारीले बालबालिकाहरूलाई गरिबी, भोक, उपेक्षा, रोग र असक्षमताबाट निकास पाउन मद्दत मिल्ने कुरामा उहाँ विश्वस्त हुनुभयो ।

विश्वव्यापी सहकार्यलाई अझ प्रबल बनाउन अध्यक्ष जाङ गिल जाले गत वर्षदेखि वीलभयू फाउन्डेसनका गतिविधिहरूलाई समर्थन गरेका जोर्डन र बङ्गलादेशका राजदूतहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । सबै सहभागीहरूले ठूलो तालीका साथ विश्व शान्तिको निम्ति समर्थन जनाए ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनका गतिविधिहरूबाट प्रभावित कूटनीतिज्ञहरू

सन् २०१८मा वीलभयूका गतिविधिहरूलाई भिडियोमा प्रस्तुत गरिएको थियो । कूटनीतिज्ञहरूले दक्षिण-पश्चिम जापानमा भारी वर्षा हुँदा र सन् २०१८को जुलाईतिर लाओसमा बाँध भत्किँदा क्षति बेहोरेका पीडितहरूमाथि सहानुभूति दर्शाउँदै राहत तथा मर्मत कार्यमा आफूलाई समर्पण गर्ने वीलभयूका सदस्यहरूको प्रशंसा गरे ।

वीलभयू फाउन्डेसनद्वारा गरिएका मानवीय गतिविधिहरूको प्रशंसा गर्दै कूटनीतिज्ञहरूले सन् २०१९को लागि वीलभयूको कार्य योजनाको समर्थनमा हस्ताक्षर गरे । एल साल्भाडोरका मन्त्रीले आफ्नो देशमा वीलभयूद्वारा गरिएका गतिविधिहरूबारे बताउँदै बालबालिकाहरूलाई पुस्तकालय र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो, अनि यसले बालबालिकाहरूलाई भविष्यमा एउटा अवसर प्रदान गर्ने कुरा पनि बताउनुभयो । उहाँले खाँचोमा परेका विश्वव्यापी छिमेकीहरूलाई मद्दत गर्नको निम्ति वीलभयूसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।