June 1, 2011

अध्यक्ष जाङ गिल जा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्डद्वारा सम्मानित

FacebookTwitterEmailLineMessage

सन् २०११मा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जालाई अमेरिकी राष्ट्रपतीय स्वयंसेवा आजीवन अवार्डद्वारा सम्मान गरियो । राष्ट्रपतीय स्वयंसेवा अवार्डहरूमध्ये प्रतिष्ठित मानिने राष्ट्रपति आजीवन अवार्डचाहिँ आफ्नो जीवनकालमा ४,००० घण्टाभन्दा बढी समयसम्म सेवा गरेको व्यक्ति विशेषलाई प्रदान गरिन्छ । अध्यक्ष जाङ गिल जाले देश र समाजको निम्ति पुऱ्याउनुभएको योगदानको कदरस्वरूप राष्ट्रपति ओबामाद्वारा प्रमाण-पत्रमा हस्ताक्षर गरियो । अध्यक्ष जाङ गिल जाले संयुक्त राज्य अमेरिका लगायत विश्वभर न्यू लाइफ पारिवारिक पैदल ऱ्याली, न्यू लाइफ कन्सर्ट, विश्वव्यापी रक्तदान अभियान, विश्वव्यापी क्लीन वर्ल्ड अभियान लगायत विभिन्न किसिमका स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिनुभएको छ ।

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड के हो ?

वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जालाई प्रदान गरिएको राष्ट्रपतीय स्वयंसेवा अवार्डचाहिँ सक्रियतापूर्वक स्वयंसेवा गतिविधिहरू गरेको व्यक्ति विशेष वा सङ्गठनलाई प्रदान गरिने सर्वोत्कृष्ट अवार्ड हो । कुनै सङ्गठन वा व्यक्ति विशेषले पुऱ्याएको सेवाको समयअनुसार पुरस्कारलाई काँस्य स्तर, रजत स्तर र स्वर्ण स्तरमा वर्गीकरण गरिएको छ । ४,००० घण्टाभन्दा बढी स्वयंसेवा गतिविधिहरूमा समर्पित हुनेहरूलाई आजीवन अवार्डद्वारा सम्मान गरिन्छ । योचाहिँ स्वर्ण स्तर, रजत स्तर र काँस्य स्तरभन्दा प्रतिष्ठित अवार्ड हो । अध्यक्ष जाङ गिल जाले समुदायको निम्ति गर्नुभएको समर्पणयुक्त एवम् नि:स्वार्थ सेवाको कदरस्वरूप सन् २०११मा आजीवन अवार्ड प्राप्त गर्नुभयो ।

जाङ गिल जाज्यू,
यहाँले स्वयंसेवा गतिविधिहरू गर्दै हाम्रो राष्ट्रलाई प्रबल बनाउन र परिवर्तन गर्नमा पुऱ्याउनुभएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्दछौं ।

सेवा तथा नागरिक सहभागितामा राष्ट्रपति परिषद्को पहल राष्ट्रिय तथा सामुदायिक सेवा निगम

स्वयंसेवा अवार्डको निम्ति राष्ट्रपति ओबामाबाट बधाई सन्देश

राष्ट्रपति ओबामाले अवार्डसँगै यस्तो बधाई सन्देश पठाउनुभयो, “राष्ट्रपतीय स्वयंसेवा अवार्ड प्राप्त गर्नुभएकोमा बधार्ई छ, अनि हाम्रो देश र समाजमा एकदमै खाँचो परेका कुराहरू पूर्ति गर्न मद्दत गर्नुभएकोमा धन्यवाद !”

राष्ट्रपतिले यसो पनि भन्नुभयो, “अध्यक्ष जाङ गिल जाले नागरिक कर्तव्यको युगमा एक पाइला अगाडि बढाएर हाम्रो राष्ट्र र पूरै विश्वको सेवा गर्ने अवसरलाई पक्रनुभएको छ । सरकारले समुदायहरूको सेवार्थ धेरै अवसरहरू प्रदान गर्न सक्छ, तर ती अवसरहरूलाई पक्रने कि नपक्रने भन्ने कुराचाहिँ हामी प्रत्येकमा निर्भर हुन्छ ।” उत्तम भविष्यलाई आकार दिन गरिएको समर्पणप्रति उहाँले कृतज्ञता जाहेर गर्नुभयो ।

अध्यक्ष जाङ गिल जाद्वारा गरिएका स्वयंसेवा गतिविधिहरू

सन् २००१मा अध्यक्ष जाङ गिल जाद्वारा स्थापित अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन(पहिला न्यू लाइफ कल्याणकारी फाउन्डेसन)ले आमाको मनद्वारा स्वयंसेवा गतिविधिहरू गर्दैआएको छ । सन् २००४मा कोरिया सरकारद्वारा अध्यक्षलाई देगु समर यूनिभर्सियाडमा आफ्ना सदस्यहरूसँगै उल्लेखनीय स्वयंसेवा गतिविधिहरू गरेको कदरस्वरूप योग्यता पदक (मेङहो) प्रदान गरियो ।

स्वयंसेवा गतिविधिहरूको सीमा विस्तार गर्नको निम्ति सन् २००७मा न्यू लाइफ कल्याणकारी फाउन्डेसनलाई अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन भन्ने नाउँ दिइयो । न्यू लाइफ कल्याणकारी फाउन्डेसनको समयदेखि अहिलेसम्म पनि न्यू लाइफ कन्सर्ट र न्यू लाइफ पैदल ऱ्याली आयोजना भइरहेको छ । सन् २००० र २००२मा यी कार्यक्रमहरू क्रमशः सुरु भएका थिए । त्यो समयदेखि नै रोग, गरिबी र प्रकोपबाट पीडित विश्वभरिका मानिसहरूलाई मद्दत गर्न र परिवारका सदस्यहरू अनि छिमेकीबीच एकता कायम गर्न यसले मद्दत गर्दैआएको छ ।

विश्वव्यापी रक्तदान कार्यक्रमले, रगतको अभाव खेपिरहेका मानिसहरूलाई सहयोग गर्नुको साथै आयोजना गरिएको विश्वको जुनसुकै ठाउँमा पनि छिमेकी प्रेम बाँड्ने कार्यको नेतृत्व लिने गर्दछ । वीलभयू फाउन्डेसनले संयुक्त राज्य अमेरिका, पेरु गरी ५० वटा राष्ट्रहरूमा स्वच्छ र सफा विश्व निर्माणार्थ विश्वव्यापी क्लीन वर्ल्ड अभियान सञ्चालन गरिरहेको छ । वीलभयू फाउन्डेसनको नाउँले नै बताएजस्तै, यस फाउन्डेसनले सबै मानिसहरूमाझ प्रेम बाँड्छ, अनि आगामी दिनहरूमा पनि विश्वव्यापी गाउँको हरेक कुना कन्दरामा प्रेमको कोसेली निरन्तर पुऱ्याइरहनेछ ।