
अध्यक्ष जाङ गिल जालाई सन् २००४ अगस्ट महिनामा कोरिया सरकारबाट खेलकुद योग्यता पदक (मेङहो) प्रदान गरियो । विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू भेला भएका सन् २००३को देगु समर यूनिभर्सियाडमा, समर्पणयुक्त स्वयंसेवा तथा जनकूटनीति विस्तारमा उहाँले पुऱ्याउनुभएको योगदानलाई मान्यता दिइयो ।
अध्यक्ष जाङ गिल जालाई खेलकुद योग्यता पदक (मेङहो)
पहिला न्यू लाइफ कल्याणकारी फाउन्डेसन भनेर परिचित अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा सन् २००४ अगस्ट २५ तारिखमा देगु नागरिक रङ्गशालामा आयोजित देगु नागरिक समर्थकहरूको उद्घाटन समारोहमा सहभागी हुनुभयो । १,३०० जनाभन्दा बढी नागरिकहरूको सहभागिता रहेको उक्त समारोहचाहिँ यूनिभर्सियाडको सफलताको खुशी मनाउन र अवार्ड समारोहसँगै नागरिक समर्थकहरूलाई आधिकारिक रूपमा घोषणा गर्न आयोजना गरिएको थियो । यूनिभर्सियाडको सफलताको लागि योगदान पुऱ्याएको कदरस्वरूप १२५ जना मानिसहरूलाई कोरियाका मन्त्री तथा मेयरहरूबाट योग्यता पदक, कदर पदक एवम् प्रशंसा-पत्रहरू प्रदान गरियो ।
अवार्डको निम्ति सबैभन्दा पहिला बोलाइनुभएकी व्यक्ति नै अध्यक्ष जाङ गिल जा हुनुहुन्थ्यो । राष्ट्रको प्रतिष्ठा बढाउन र खेलकुद विकासमा अध्यक्ष जाङ गिल जाले गर्नुभएको उत्कृष्ट र प्रशंसनीय योगदानको कदरस्वरूप उहाँलाई कोरियाका राष्ट्रपतिको तर्फबाट देगुका मेयरले खेलकुद योग्यता पदक (मेङहो) प्रदान गर्नुभयो ।
अशक्तहरूलाई समर्थन र यूनिभर्सियाडमा योगदान
अध्यक्ष जाङ गिल जाले “यो अवार्ड सम्पूर्ण सदस्यहरूको कडा परिश्रम र समर्पणद्वारा प्राप्त भएको हो” भन्नुहुँदै त्यसको श्रेय सदस्यहरूलाई दिनुभयो । यूनिभर्सियाड आयोजना हुनअघि देगु समर यूनिभर्सियाडको सफलताको कामना गर्दै वीलभयू फाउन्डेसनद्वारा पारिवारिक पैदल ऱ्यालीको आयोजना गरियो । यूनिभर्सियाडलाई प्रवर्द्धन गर्न र अपाङ्गता भएकाहरूको सहयोगार्थ फाउन्डेसनद्वारा ५० लाख कोरियाली वन(लगभग ४ लाख १० हजार अमेरिकी डलर) अनुदान रकम प्रदान गरियो ।
यूनिभर्सियाड सुरु हुनुअघि पनि विभिन्न स्वयंसेवा गतिविधिहरू गरियो, अनि यूनिभर्सियाड समाप्त नहुँदासम्मै ती गतिविधिहरूलाई निरन्तरता दिइयो । वीलभयू फाउन्डेसनले विभिन्न देशका खेलाडीहरूलाई विमानस्थलमा स्वागत गर्ने, हरेक रङ्गशालामा समर्थन गर्ने, उनीहरूलाई विमानस्थलमा बिदाइ गर्ने लगायतका विभिन्न कार्यहरू गऱ्यो । यूनिभर्सियाडको सफलताको लागि योगदान पुऱ्याएकोमा र खेलाडीहरूलाई देशप्रति सकारात्मक दृष्टिकोण प्रदान गरेकोमा फाउन्डेसनले ठूलो प्रशंसा प्राप्त गऱ्यो ।
राष्ट्रिय खेलकुद विकासमा यहाँहरूले पुऱ्याउनुभएको उत्कृष्ट योगदानको कदरस्वरूप गणतन्त्र कोरियाको संविधान प्रावधानअनुसार निम्न लिखित पदक प्रदान गरिन्छ ।
कोरियाका राष्ट्रपति नो मु ह्यन (सन् २००४ अगस्ट ९ तारिख)
यूनिभर्सियाडको आयोजकको रूपमा कार्य गरेका देगुका मेयर जो हे न्यङले भने, “यहाँहरूको कडा परिश्रमले गर्दा यूनिभर्सियाड सफल हुन सकेको हो ।” उहाँले स्वयंसेवकहरूलाई समर्पणयुक्त सहभागिता र समर्थनको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
विभिन्न स्वयंसेवा गतिविधिहरूद्वारा स्थानीय समुदायलाई सहयोग गर्नुभएकी अध्यक्ष जाङ गिल जा
अध्यक्ष जाङ गिल जाले यूनिभर्सियाडअघि पनि छिमेकी र स्थानीय समुदायलाई सहयोग गर्दैआउनुभएको थियो । सन् १९९५देखि, उहाँले किशोर-किशोरी घरमुलीहरूलाई र सहयोगको खाँचोमा परेका छिमेकीहरूलाई स्वास्थ्य र जीविका खर्च प्रदान गर्दैआउनुभएको छ । साम्फुङ डिपार्टमेन्ट स्टोर भत्किँदा पुनर्स्थापन कार्यमा सहयोग गर्न उहाँले नि:शुल्क भोजन सेवा प्रदान गर्नुभयो ।
सन् २००१मा अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको उद्घाटन भएपछि स्वयंसेवा गतिविधिहरू अझ विस्तार भएको छ । सन् २००२ बुसान FESPIC खेलमा फाउन्डेसनले विभिन्न देशहरूबाट आएका अशक्त खेलाडीहरूलाई स्वागत गऱ्यो । खाँचोमा परेका बालबालिकाहरूलाई सहयोग गर्दै, विकलाङ्ग बालबालिका कल्याण केन्द्र तथा एकल ज्येष्ठ नागरिक कल्याण केन्द्रको भ्रमण गर्दै, फाउन्डेसनले स्थानीय समुदायहरूमाझ प्रेम बाँड्यो । भारी हिमपात, आँधी जस्ता प्राकृतिक प्रकोपका कारण कष्ट भोगिरहेका किसानहरूलाई पुनर्स्थापन कार्यमा सहयोग गर्न फाउन्डेसनले क्षतिग्रस्त स्थानहरूको भ्रमण गऱ्यो । अनि सन् २००३मा देगुको भूमिगत रेलमा आगलागी भएको घटनाका पीडितहरूलाई सान्त्वना र आशा दिन प्रयत्न गर्दै नि:शुल्क भोजन सेवा प्रदान गऱ्यो ।
यस्तो नि:स्वार्थ सेवाचाहिँ देश, मानिस र भाषाको सीमालाई पार गरेर आमाको प्रेम दिने माध्यम बनेको छ । विश्वव्यापी गाउँमा कोही पनि एकलो नहुने र सबैलाई खुशी महसुस गर्ने गराउन आमाको प्रेम दिनुहुने अध्यक्षको कार्य निरन्तर जारी रहनेछ ।