सन् २०१७ मे २१ तारिख <१८औँ नव जीवन पारिवारिक पैदल ऱ्याली>मा
अफ्रिकी जनजाति समाजबारे अध्ययन गरिरहेका एक जना मानवशास्त्रीले त्यहाँका बालबालिकाहरूलाई भेला गरेर एउटा गेम खेलाउने प्रस्ताव राखे । उनले रूखको छेउको टोकरीमा मीठा फलहरू राखे, र जो सबैभन्दा पहिला त्यहाँ पुग्छ उसैलाई ती सबै फलहरू दिइने कुरा बताए । उनले त्यति भनिसकेपछि बालबालिकाहरूले एक-अर्कालाई हेराहेर गरे, र हात समाते । अनि तिनीहरू टोकरी भएनेर दौडेर गए । त्यहाँ सँगै पुगेपछि तिनीहरूले टोकरी वरिवरि बसेर खुशीसाथ फलहरू बाँडेर खाए । त्यो देखेर ती मानवशास्त्रीले बालबालिकाहरूलाई सोधे, “तिमीहरूमध्ये पहिलो हुनेले नै सबै फल जित्नेथियो । तर किन सबै जना हात समात्दै सँगै दौडेको ?” तब बालबालिकाहरूले ‘उबुन्टु’ भनेर जवाफ दिए । बान्टु जातिको भाषामा उबुन्टु शब्दले ‘हामी भएकोले म छु’ वा ‘एक-अर्काप्रतिको मानवता’ भन्ने अर्थ बोकेको छ । बालबालिकाहरूले “बाँकी सबैलाई निराश तुल्याएर कसरी एक जना मात्रचाहिँ खुशी हुन सक्छ र ?” भनेर जवाफ दिए ।
एकसाथ जिउने यो संसारमा यदि हामीहरू सँगसँगै हिँड्यौं भने अझ टाढासम्म यात्रा गर्न सक्नेछौं । तपाईंहरूसँग हातमा हात समाएर अगि बढ्न पाएकोमा म एकदम खुशी छु । सबै जना नम्बर वान् हुनुभएको यस पारिवारिक पैदल ऱ्यालीद्वारा म यस विश्वव्यापी गाउँका हाम्रा सबै छिमेकीहरूसित यो खुशी बाँड्न चाहन्छु । हातमा हात समाएर सँगै हिँडौं ।