सेवल पानी-जहाज दुर्घटनाको पीडालाई सँगै बाँड्दै

सन् २०१४ डिसेम्बर १ तारिख <१५औँ नव जीवन कन्सर्ट>मा

December 1, 2014
FacebookTwitterEmailLineMessage

सन् २०१४चाहिँ राष्ट्रिय शोक र सङ्कटका कारण ठूलो कठिनाइको वर्ष भयो । गणतन्त्र कोरियाका नागरिक हुनुभएका यहाँहरूलाई पनि उक्त दर्दनाक दृश्यको पीडा महसुस भएको हुनुपर्छ । अब त्यो शोकलाई एकैछिन पन्छाएर यो कन्सर्टद्वारा हर्ष र खुशी प्राप्त गर्नुहोस् भन्ने चाहन्छु ।

आज यस ठाउँमा आउँदैगर्दा बाटोमा मैले, सेवल पानीजहाज दुर्घटनाले शोकाकुल भएकाहरूलाई कसरी सान्त्वना दिने होला, अनि विपन्न र बहुसांस्कृतिक परिवारहरू र दुर्लभ रोगबाट ग्रसित बालबालिकाहरूको मुहारमा कसरी मुस्कान ल्याउने होला भन्नेबारे सोचें । यस नव जीवन कन्सर्टद्वारा म यहाँहरूमाझ हाँसो र हर्षले भरिपूर्ण खुशीका क्षणहरू सृजना गर्न चाहन्छु । त्यसैले यहाँहरूमा मुस्कान र आशा ल्याउनलाई आज विश्वभरिबाट विभिन्न राजदूतहरू, प्रतिष्ठित व्यक्तिहरू र सुन्दर मन भएका हाम्रा छिमेकीहरू यहाँ भेला हुनुभएको छ । म पनि आज यहाँहरूको मुस्कान र आशालाई समर्थन गर्न यहाँ उपस्थित भएकी छु । सबै जना, बल गरौं ! हाँस्दै आशा लिएर जिऔं । आशापूर्ण हाँसोले सधैँ हर्ष र खुशी ल्याउँदछ । आज यो उत्सव यहाँहरूलाई हँसाउनको निम्ति तयार गरिएको हुनाले मनले चाहेजति हाँस्नुहोस् । सबै जना आनन्दित हुनुभएर पूर्ण रूपमा खुशीको मौसम छाउनेछ भनी आशा गर्दछु । माया गर्छु । बल गरौं !