टुभालुको सङ्कट नै पृथ्वीको सङ्कट

सन् २०१२ मे १३ तारिख <१४औँ न्यू लाइफ पारिवारिक पैदल ऱ्याली>मा

May 13, 2012
FacebookTwitterEmailLineMessage

भूमण्डलीय उष्णीकरणले गर्दा समुद्री सतह बढेकोले केही देशका जमिनहरू बिस्तारै साँघुरिँदैगएका छन् । तीमध्ये यो ग्रह पृथ्वीबाट लोप हुन लागेको पहिलो देश नै टुभालु हो ।

टुभालुचाहिँ दक्षिण प्रशान्तको एक सुन्दर टापू देश हो । टुभालुको सबैभन्दा अग्लो ठाउँचाहिँ समुद्री सतहदेखि ४ मिटर मात्र माथि भएकोले यसका केही महत्त्वपूर्ण भागहरू पानीमा पहिल्यै डुबिसके । केही वर्षअघि टुभालुको राजधानी फुनाफुटीमा बाढी आएको थियो । जसका कारण अन्ततः टुभालुले सन् २००१मा आफ्नो भूमि परित्यागको घोषणा गऱ्यो ।

टुभालुको बारेमा समाचार सुन्दा मलाई एकदम नरमाइलो लाग्यो । पृथ्वी ठूलो जोखिममा रहेको कुराप्रति पनि म चिन्तित छु । हामी एउटै विश्वव्यापी समुदायमा जिइरहेका हुनाले टुभालुका जलवायु शरणार्थीहरूले भोगेका उही पीडा हामीमाथि पनि आइपर्न सक्छ ।

टुभालुको सङ्कटचाहिँ पृथ्वीको सङ्कट हो । टुभालुको अवस्थाबारे अनलाइनद्वारै भए पनि सारा संसारलाई जानकारी गराऔं, र मानिसहरूलाई यसप्रति चासो लिने गराऔं । साथै हाम्रो छिमेकी देश टुभालुको आशामय भविष्यको निम्ति प्रार्थना गरिदिनुहुन पनि अनुरोध गर्दछु ।