इतिहास
इतिहासमा विभिन्न आरोह र अवरोहको सामना गरेका कोरियालीहरूको गाथाले अध्यक्ष जाङ गिल जाको जीवनीलाई सरल ढङ्गले चित्रण गरेको छ । सन् १९५३मा कोरियाली युद्ध समाप्त भएको समयमा गणतन्त्र कोरियाको कुल राष्ट्रिय उत्पादन(GNP) प्रतिव्यक्ति ६७ अमेरिकी डलर मात्र थियो । कोरियालाई पूर्ण रूपमा तहसनहस भएको प्रारम्भिक अवस्थाबाट तङ्ग्रिन ‘हान नदीको चमत्कार’ र अन्य विविध आर्थिक वृद्धिद्वारा केवल आधा शताब्दीको छोटो तर कष्टप्रद समय लाग्यो ।
हरेक परिवारले अर्को छाक कसरी टार्ने होला भनेर चिन्ता गर्नुपर्ने भएर छिमेकीको ख्याल गर्ने समय पनि नभएको त्यस्तो विषम परिस्थितिमा, अध्यक्ष जाङ गिल जाले छिमेकीहरूसँग भटमासको सूपसमेत बाँडेर एकसाथ समय बिताउनुभयो । अध्यक्षको, परिवारको लागि खाना तयार गरिदिने आमाको जस्तै न्यानोपना र दैनिक कार्यले, कार्बन मोनोअक्साइड विषाक्तताको कारण जीवन जोखिममा परेका छिमेकीहरू र एक वृद्ध दम्पतीको जीवन बचायो । उहाँले आफ्नै परिवारलाई दिएजस्तै गरी दिनुहुने निशर्त प्रेम आजको दिनसम्मै जारी छ ।
युद्धको धब्बा छोडेको तीतो अतीतमाथि विजयी हुँदै सन् १९९० ताका कोरियाले औद्योगिक विकास र आर्थिक प्रबोधलाई गति दियो । सन् १९९५मा कोरियाको कुल ग्राहस्थ उत्पादन(GDP) १०,००० अमेरिकी डलर पुग्यो, अनि कोरियालीहरूको जीवनस्तरमा सुधार आउन थाल्यो । अर्कातिर भने यो, तीव्र विकासको पछाडि कालो पाटो पनि थियो । कोरियाको इतिहासमा मानव सिर्जित सबैभन्दा ठूलो दुर्घटना भयो । सोही वर्षको जून महिनामा कमसल निर्माणका कारण सामफुङ डिपार्टमेन्ट स्टोर भत्कियो । सउलस्थित गाङनाम क्षेत्रको मुटुमै अवस्थित भव्य डिपार्टमेन्ट स्टोर भत्किएको खबरले पूरै कोरियालाई स्तब्ध पाऱ्यो । उक्त दुर्घटनामा परी ५०२ जनाको मृत्यु भयो, अनि ९३७ जना घाइते भए ।
यस्तो विपद्को घडीमा अध्यक्ष जाङ गिलजाले उहाँको इच्छाको अनुसरण गर्ने सदस्यहरूसँगै आमाको प्रेमद्वारा घरमा बनाइएको खाना आपूर्ती गर्नमा हात बढाउनुभयो । जीवित रहेकाहरूको खोजी कार्यमा संलग्न उद्धारकर्मीहरूले खाना खाए-नखाएको कुरालाई स्वयंसेवकहरूले निश्चित गरे । भग्नावशेषभित्र जीवित रहेकाहरूको उद्धारमा खटिएका उद्धारकर्मीहरू प्रायः खाना नखाईकन काममा खटिन्थे । अध्यक्ष जाङ गिल जा र स्वयंसेवकहरूद्वारा तयार गरिएको तातो खाना खाएर उनीहरूले उद्धार कार्यमा सक्दो प्रयत्न गर्न सके ।
छिमेकीलाई आफ्नै परिवारझैँ ठान्नुभएर उनीहरूको दुःखलाई अङ्गीकार गर्नुहुने अध्यक्ष जाङ गिलजाको निम्ति महासागरपारिको छिमेकी राष्ट्रका मानिसहरूको अवस्था पनि आफ्नै परिवारको मामिला थियो । फिलिपिन्स, पाकिस्तान, गाबोन गरी ७ वटा देशहरूमा उहाँले अल्पसंख्यक छिमेकीहरूलाई स्वास्थ्य तथा आवासीय खर्च सहयोग गर्नुभएर ‘आमाको प्रेम’ दिनुभयो । सन् २०००, सहस्राब्दीको सुरुवातसँगै अध्यक्ष जाङ गिल जाद्वारा विश्वव्यापी भाषा रहेको ‘सङ्गीत’मार्फत विश्वव्यापी परिवारको कष्टप्रद जीवनलाई सहज बनाइदिन सद्भाव र साझेदारीको लागि एउटा कार्यक्रमको आयोजना गरियो । त्यो नै, २० वर्षपछि अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको प्रतिनिधि कार्यक्रम बन्न पुगेको न्यू लाइफ कन्सर्टको पहिलो प्रस्तुति थियो ।
यही समयतिर अध्यक्ष जाङ गिल जाले न्यू लाइफ कल्याणकारी फाउन्डेसन स्थापना गर्नुभएर तीव्रतापूर्वक स्वयंसेवा गतिविधिहरूको थालनी गर्नुभयो । हरेक वर्ष अप्रिल र मे महिनाको बीचमा वीलभयूका सदस्यहरूले सबै परिवारहरूलाई आशा दिलाउन आफ्नो परिवारका सदस्यहरूसँगै न्यू लाइफ पारिवारिक पैदल ऱ्यालीमा सहभागिता जनाउँछन् । जाडोयामको खाना रहेको गिम जाङ किम्ची बनाएर कोरियाका बहुसांस्कृतिक घर-परिवार, एकल ज्येष्ठ नागरिक र अन्य अल्पसंख्यक छिमेकीहरूसँग बाँड्ने हेतुले आमाको प्रेमको किम्ची तयारी उत्सवको साथै जीवन बचाउने रक्तदान कार्यक्रमको पनि आयोजना गरियो । यी कार्यक्रमहरूको आयोजनासँगै ठूलो मापनको परोपकारी कार्यक्रमको ‘पहिलो सत्र’ अनावरण भयो । योचाहिँ धेरै मानिसहरूलाई सहभागी हुन उत्प्रेरित गरेको विश्वव्यापी स्वयंसेवा गतिविधिको ‘सुरुवात’ थियो ।
सन् २००३मा कोरियाको देगु सहरमा एउटा अत्यन्तै दु:खद् घटना घट्यो । भूमिगत रेलमा आगलागी भएर १९२ जनाको मृत्यु भयो, अनि ३४० जना घाइते भए । अध्यक्ष जाङ गिल जा र स्वयंसेवकहरूद्वारा शोक सन्तप्त परिवारको निम्ति अस्थायी आश्रयस्थल रहेको देगु नागरिक केन्द्रको अगाडि पाल टाँगेर नि:शुल्क भोजन वितरण गरियो । मायालु परिवारजन, साथी-भाइ तथा छिमेकीहरू गुमाएका मानिसहरूको साथमा ५५ दिनसम्म रहेर उहाँले उनीहरूलाई सान्त्वना दिनुभयो ।
सोही वर्षको अगस्ट महिनामा देगु यूनिभर्सियाड खेलकुदको आयोजना गरियो । अध्यक्ष जाङ गिल जाले देशभरिका स्वयंसेवा सदस्यहरूसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजनाको लागि समर्थन र सेवा प्रदान गर्ने कार्यमा शक्ति लगाउनुभयो । उहाँको उक्त कार्यको कदरस्वरूप उहाँलाई कोरियाली खेलकुद योग्यता पदक(मेङहो) प्रदान गरियो ।
अध्यक्ष जाङ गिल जाले न्यू लाइफ फाउन्डेसनको नाउँ अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनमा परिवर्तन गर्नुभएर ‘सारा संसारलाई आमाको प्रेम’ भन्ने नाराअन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गर्नुभयो । सबैभन्दा उल्लेखनीय कार्य नै सन् २००९मा घानाको ब्रेमन कोकोसो गाउँमा पहिलो र दोस्रो ‘प्रेमको पानी पम्प’ जडान गर्ने कार्य थियो । त्यसोप्रान्त माननीय अध्यक्ष जाङ गिल जा र वीलभयू फाउन्डेसनका सदस्यहरूद्वारा पानीको अभाव भएको प्रजातान्त्रिक गणतन्त्र कङ्गो, केन्या, बेनीन, कम्बोडिया, लाओस, बङ्गलादेश, भारतजस्ता अफ्रिकी र एसियाली मुलुकहरूलाई सहयोग गरिँदैआएको छ । सन् २०१९सम्म कुल २९ वटा पानी पम्पहरू जडान गरिएको छ ।
ब्रेमन कोकोसो नगरका बासिन्दाहरू दूषित खोलाको पानी पिउनाले गिनी जुका पर्ने रोग लगायतका अन्य विभिन्न रोगहरूले ग्रस्त थिए । वीलभयू फाउन्डेसनले निर्माण कार्य, भूमिगत पानी विकास र थप पानी पम्पहरू जडानको लागि आवश्यक परेको सम्पूर्ण खर्च व्यहोऱ्यो । भूमिगत पानीको मुहान खोजिएको दुई महिनापछि ड्रिलिङ कार्य गरियो, अनि नयाँ गरी जडान भएको पम्पबाट पानी उर्लिएपछि स्थानीयवासीहरू खुशीले रमाए ।
त्यसअघि अध्यक्ष जाङ गिल जाबाट वीलभयूका स्थानीय सदस्यहरूको संलग्नतामा पेरुको चिन्चामा सन् २००७ ताका भूकम्पले क्षतिग्रस्त सान्टा एना विद्यालयको लागि १५ वटा अस्थायी कक्षाकोठाहरू निर्माण गरियो । त्यसको अर्को वर्षमा स्वस्थ ग्रह र दिगो वातावरण बनाउने हेतुले सहर, पहाड, नदी तथा समुद्र सफा गर्नका लागि कोरियामा ‘विश्वव्यापी क्लीन वर्ल्ड अभियान’ सञ्चालन गरियो । यसले वातावरण संरक्षण गतिविधिहरूलाई विश्वव्यापी स्तरमा पुऱ्याउने कार्य गऱ्यो ।
अध्यक्ष जाङ गिल जाको ‘आमाको प्रेम’ विश्वव्यापी गाउँका परिवारहरूमा तीव्र गतिले प्रसार भयो । सन् २०१२मा अध्यक्ष जाङ गिल जाद्वारा ग्रीन क्याम्पस वातावरण गोष्ठीको आयोजना गरियो । सोही समयमा उहाँले जलवायु परिवर्तनको सामना गर्न गाबोनका राष्ट्रपति अली बोङ्गो अन्डिम्बासँग संयुक्त सम्झौता गर्नुभयो । जलवायु परिवर्तन एवम् पृथ्वीको वातावरणीय समस्याहरूको सक्रियतापूर्वक सामना गर्न र दिगो हरियाली समाज निर्माण गर्न उहाँ प्रयासरत हुनुहुन्छ । समुद्री डुबानमा पर्न लागेको एक जलवायु शरणार्थी देश तुभालुमा मानिसहरूले पिउनको लागि आकाशे पानीमा भर पर्नुपर्ने हुन्थ्यो । त्यहाँ पानी भण्डारण सुविधा पनि थिएन । अध्यक्ष जाङ गिल जाद्वारा सन् २०१३ ताका तुभालुमा १०,००० लिटर पानी भण्डारण क्षमताका २० वटा पानी ट्याङ्कीहरू सहयोग गरियो । यसबाहेक बङ्गलादेश र भारतमा पनि जलवायु शरणार्थीहरूका लागि पानी पम्प जडान गरिनुको साथै स्वास्थ्य तथा आवासीय खर्च सहयोग गरियो ।
सोही वर्षको नोभेम्बर महिनामा फिलिपिन्समा हाइयन आँधी आएर ठूलो धनजनको क्षति भयो । अध्यक्ष जाङ गिल जाले मर्मत-सम्भार र राहत कार्यमा सहयोग गर्ने हेतुले १४औँ न्यू लाइफ कन्सर्टको आयोजना गर्नुभएर सदस्यहरूको मनलाई एकीकृत गर्नुभयो । योद्वारा, क्षतिग्रस्त क्षेत्र तनावनमा दुई वटा विद्यालयहरू पुनर्निर्माण गरिनुका साथै डेस्क, कुर्सी तथा पाठ्य सामग्रीहरू प्रदान गरियो । सन् २०१५मा नेपालमा ७.८ म्याग्निट्युडको भूकम्प आएर ७,५०० जनाले ज्यान गुमाए, अनि कुल जनसंख्याको एक चौथाइ, ८१ लाख मानिसहरूले क्षति बेहोर्नुपऱ्यो । अध्यक्ष जाङ गिल जाले क्षतिग्रस्त क्षेत्रहरूमा मर्मत-सम्भार कार्य र वातावरण सरसफाइ गतिविधि सञ्चालन गर्नुभयो, अनि स्थानीय सदस्यहरूको सहयोगद्वारा पीडितहरूका लागि अस्थायी आश्रयस्थल बनाउने कार्यमा सक्रियतापूर्वक सहयोग पुऱ्याउनुभयो ।
त्यस्तो दु:खद् घटना कोरियामा पनि घट्यो । सन् २०१४मा सेवल फेरी जहाज दुर्घटना हुँदा उहाँले पीडित परिवारहरूलाई नि:शुल्क भोजन प्रदान गर्ने योजना अगि सार्नुभयो । वीलभयूका सदस्यहरूले जिन्दो गुन व्यायामशालामा हरेक दिन २४ घण्टै करीब २० दिनजति बडो सावधानीपूर्वक खाना, पौष्टिक भोजन र सूप तयार गरे । एक घुटको पानीसमेत पिउन गाह्रो भएको शोक सन्तप्त परिवारका लागि उनीहरूले स्वास्थ्यवर्दक १० थरीका जडीबुटीहरूको समिश्रणद्वारा भोजन बनाए । आमाको मनद्वारा तयार गरिएको भोजनद्वारा, शोक सन्तप्त परिवार, स्वयंसेवकहरू र सरकारी अधिकारीहरूले दुर्घटनाको छानबिन कार्यलाई निरन्तरता दिनमा शक्ति प्राप्त गरे ।
अध्यक्ष जाङ गिल जाले कोरिया तथा विश्वभरिका छिमेकीहरूको चोटमा मलहमपट्टी लगाइदिने क्रममा भावी पुस्ताहरूलाई समर्थन गर्नुहुँदै विश्वव्यापी गाउँका लागि आशाप्रद भविष्य तयार पार्नुभयो । बुबा-आमाहरूका लागि चरित्र शिक्षासम्बन्धी विशेष वक्तव्यमा उहाँले भन्नुभयो, “यदि पूरै विश्वलाई छिमेकीको रूपमा लिएर कठिनाइमा परेकाहरूप्रति विचारशील हुँदै अभिभावक र सन्तानहरू स्वयंसेवा कार्यमा सहभागी हुने हो भने पारिवारिक वार्तालाप जारी रहनेछ र चरित्र शिक्षा स्वत: प्रवाह हुनेछ ।” उहाँले विश्वको उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई वातावरणीय छात्रवृत्ति प्रदान गर्नुभएर विभिन्न ठाउँको सुन्दर वातावरण संरक्षण कार्यको नेतृत्व लिने वातावरणीय लिडरहरू हुर्काउनमा आफैलाई समर्पित गर्नुभयो ।
अध्यक्ष जाङ गिल जाका अनुसार “जलवायु परिवर्तन, द्वन्द्व, गरिबी, रोग, जैविक विविधताजस्ता अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्नको निम्ति एक जना व्यक्तिबाट सुरु गरेर क्षेत्र, देश र सबै मानव-जातिले सहकार्य गर्नुपर्छ ।”
वास्तवमा अध्यक्ष जाङ गिल जा, विश्वव्यापी गाउँका मानिसहरूलाई मद्दत गर्ने हेतुले अन्तर्राष्ट्रिय सहायताको निम्ति ठाउँ तयार गर्नमा व्यस्त रहनुभयो । वार्षिक कार्यक्रमको रूपमा स्थापित विश्वव्यापी कल्याणकारी सम्मेलनमा, वर्षभरि वीलभयूद्वारा गरिएका गतिविधिहरूको समीक्षा गरियो । अनि यूएन र अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको दिगो विकास लक्ष्यहरू(SDG'S) कार्यान्वयनको निम्ति विश्वव्यापी कल्याणकारी गतिविधिहरूको बाटो र साझेदारी स्थापनाजस्ता थुप्रै विषयहरूबारे छलफल गरियो । प्रत्येक देशका राजदूत र कूटनीतिज्ञहरूले अध्यक्ष जाङ गिल जा र वीलभयू फाउन्डेसनको समर्थन गर्दै, निरन्तर साथ दिने प्रतिज्ञा गरे ।
सन् २०१८मा, ‘आकस्मिक राहत कार्य र विश्वव्यापी साझेदारी’ भन्ने विषयअन्तर्गत ‘सन् २०१८ सेभ द वर्ल्ड अन्तर्राष्ट्रिय फोरम’को आयोजना गरियो । त्योचाहिँ मौसम परिवर्तनको सामना गर्ने, आकस्मिक राहत कार्यसम्बन्धी जनचेतना जगाउने, गैरसरकारी संस्था र नागरिक समाजको भूमिका पहिल्याउने अनि अन्तर्राष्ट्रिय सङ्गठन र सरकारी निकायहरूसँग दिगो साझेदारी निर्माण गर्नेबारे छलफल गर्न आयोजित फोरम थियो । उक्त दिनमा, विस्थापित इराकीहरू र जोर्डनमा बस्ने सिरियाली शरणार्थीहरूलाई स्वास्थ्य तथा खाद्यान्न सहायता प्रदान गरेर मानवीय सहायता गतिविधि विस्तार गर्ने हेतुले वीलभयू फाउन्डेसनद्वारा संयुक्त इराकी स्वास्थ्य समाज[UIMS] र जोर्डन ह्यासमाइट परोपकार संस्था[JHCO]सँग MOU सम्झौता-पत्रमा हस्ताक्षर गरियो ।
सोही वर्षमा लाओसको सेनमेक्सजेमा बाँध भत्किँदा आएको बाढीका कारण ६ वटा गाउँहरू गम्भीर डुबानमा परे । अध्यक्ष जाङ गिल जाको तत्काल निर्णयभित्र वीलभयूका १,७०० जना स्थानीय सदस्यहरूद्वारा, क्षतिग्रस्त क्षेत्रमा एक महिनासम्म नि:शुल्क भोजन सेवा शिविर सञ्चालन गरियो । वीलभयूद्वारा अस्थायी शरणार्थी आवास वरिपरि सरसफाइ, पानी निकासी पाइप स्थापना तथा निर्माण, केश काट्ने सेवा प्रदान गर्ने क्रममा लगभग ४१,००० जना मानिसहरूलाई निःशुल्क भोजन प्रदान गरियो । विशेष गरी आफ्ना परिवार गुमाएका बालबालिकामा आशा र हाँसोको दीप प्रज्वलन गरिदिएको ‘वीलभयू विद्यालय’को स्थापनाले स्थानीय क्षेत्रमा ठूलो उमङ्ग ल्याइदियो । त्यसले लाओस सरकार र यूएनलाई एकताबद्ध भएर बालबालिकाको शिक्षाको निम्ति ३ वटा ठूला पालहरू बनाउन उत्प्रेरित गऱ्यो ।
लाओस फ्रन्ट राष्ट्रिय विकास(LFND)का उपाध्यक्ष किंगसादाले न्यू लाइफ कन्सर्टमा सहभागी भएर धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “वीलभयूका स्वयंसेवा कार्यहरूद्वारा लाओस सरकार र नागरिकहरूलाई ठूलो सहयोग मिलेको छ । जो कोहीलाई पनि आमाको आवश्यकता पर्छ । यहाँहरूले आगामी दिनहरूमा पनि लाओससँग आफ्नो न्यानो मन निरन्तर बाँड्नुहुनेछ भनी आशा गर्दछु ।” अर्को वर्षको जनवरीमा अध्यक्ष जाङ गिल जाले कन्सर्टबाट सङ्कलित अनुदानद्वारा लाओसको जेपन माध्यमिक विद्यालयलाई सहयोग गर्नुभयो । वीलभयूले विद्यालयमा पानी पम्प र पानी ट्याङ्की जडान गर्ने, सभागृह र शौचालय पुनर्निर्माण गर्ने कार्य गरेर सहज र सुन्दर शैक्षिक वातावरण उपलब्ध गराई बालबालिकाको आशापूर्ण र उज्ज्वल भविष्यको निम्ति प्रोत्साहन दियो ।
एक जना व्यक्ति, गाउँ र देशमा मात्र सीमित भएको सहअस्तित्वको मामिलाचाहिँ अहिले सीमा पार गरी विश्वव्यापी गाउँको साझा कार्य बनेको छ । घरायसी काम गर्नुहुने आमाको प्रेम र रुचिद्वारा अध्यक्ष जाङ गिल जा, अन्तर्राष्ट्रिय सहयोगको युगमा सबैभन्दा अगाडि बढिरहनुभएको छ ।
अध्यक्ष जाङ गिल जाद्वारा आयोजित सन् २०१९ सेभ द वर्ल्ड विश्वव्यापी फोरमको विषय नै ‘दिगो जीवन बचाउने कार्यको निम्ति विश्वव्यापी सञ्जाल निर्माण’ गर्नु थियो । UN DGC(पहिला DPI, आम सूचना विभाग)का अधिकारीहरू, सरकारी निकायहरू र NGOका अधिकारीहरू, स्वास्थ्यकर्मीहरू अन्तर्राष्ट्रिय सङ्गठनका अधिकारीहरू, २० वटा देशहरूका कूटनीतिज्ञहरू, विश्वविद्यालयका विद्यार्थीहरू र नागरिकहरूले फोरममा सहभागिता जनाए । यो फोरमले मानिसमा जीवन बचाउने इच्छा जागृत गरिदियो ।
अध्यक्ष जाङ गिल जाद्वारा हरेक वर्ष आयोजना गरिने न्यू लाइफ पारिवारिक पैदल ऱ्यालीले आफैलाई अन्तर्राष्ट्रिय समुदायमा सञ्चार र सद्भावको मञ्चको रूपमा स्थापित गरेको छ । सन् २०१९सम्म २३ पटक पैदल ऱ्यालीको आयोजना गरिएर २,३१,००० जनाले सहभागिता जनाए, अनि पैदल हिँडेको कुल दूरीचाहिँ पृथ्वीलाई १३ पटक घुमे बराबर(करीब ५,३५,०९० किलोमिटर) थियो । सन् २०१९मा सेभ द वर्ल्ड प्रोजेक्ट भिजन घोषणा भएसँगै सुरु भएको न्यू लाइफ पैदल ऱ्यालीलाई विश्वभरि रिले पैदल ऱ्यालीको रूपमा विस्तार गरियो, अनि फिलिपिन्स, पेरु र संयुक्त राज्य अमेरिकाले पनि यसमा सहभागिता जनाएर यसलाई अझ अर्थपूर्ण बनाए ।
सेभ द वर्ल्ड प्रोजेक्टचाहिँ विश्वव्यापी कल्याणकारी परियोजना हो, जसले मानव-जातिको निम्ति स्वस्थ ग्रह र आशापूर्ण भविष्य सृजना गर्ने लक्ष्य राखेको छ । यसमा Saving Lives(जीवन बचाउने), Saving the Earth(पृथ्वी बचाउने), Saving Humanity(मानवता जोगाउने), सामुदायिक सहयोग र अन्तर्राष्ट्रिय सहयोग गरी ५ वटा भिजन गतिविधिहरूलाई कार्यान्वयन गरिन्छ ।
सेभ द वर्ल्ड प्रोजेक्टको हिस्साको रूपमा हरेक वर्ष आयोजना गरिने न्यू लाइफ कन्सर्टको २०औँ वार्षिकोत्सव मनाइयो । उक्त कन्सर्टमा गायक, सङ्गीतकार र प्रसिद्ध चलचित्रकर्मीहरूले आफ्नो प्रतिभा दर्शाए, अनि विभिन्न क्षेत्रका मानिसहरू विश्वव्यापी गाउँका सदस्यहरूको आशाको निम्ति गीत गाउन एकीकृत भए । उक्त कन्सर्टमा आजपर्यन्त १,६८,५०० जनाले सहभागिता जनाइसकेका छन् ।
धेरै मानिसहरूको ध्यान र सहयोगी हातको खाँचो पर्ने मानवीय कार्यको प्रसङ्ग उठ्दाखेरि बालबालिका र युवाहरूलाई सहयोग गर्ने विषय अछुतो रहन सक्दैन । अध्यक्ष जाङ गिल जाले विश्वव्यापी गाउँको दिगो खुशी प्राप्तिको निम्ति भावी लिडर, बालबालिका र युवाहरूको हेरचाह एकदमै महत्त्वपूर्ण छ भन्ने सोचाइद्वारा शैक्षिक सहायता गतिविधिहरू सञ्चालन गर्नुहुन्छ । सन् २०१९मा उहाँले एसिया, मध्य अमेरिका र दक्षिण अमेरिकामा पर्ने फिलिपिन्स, लाओस, कम्बोडिया, नेपाल, भारत, बङ्गलादेश, मङ्गोलिया, मेक्सिको, एल साल्भाडोर, बोलिभियाजस्ता कमजोर शैक्षिक वातावरण भएको देशहरूका प्राथमिक र निम्न माध्यमिक विद्यालयको सुविधा मर्मत, पुस्तकालय निर्माण, पाठ्य सामग्री उपलब्ध गराउने लगायतका गतिविधिहरूद्वारा शैक्षिक वातावरण सुधार्नतर्फ ध्यानाकृष्ट गर्नुभयो ।
कोही पनि उपेक्षित नहुने र कोही पनि एकलो नहुने, ७.७ अरब मानिसहरू सबै जना खुशी रहने संसार ! यो नै अध्यक्ष जाङ गिल जाले निर्माण गर्न चाहनुभएको संसारको स्वरूप हो । त्यो चाहनालाई जीवन्त रूप दिनको निम्ति उहाँ निरन्तर अगाडि बढिरहनुभएको छ । यो क्षणमा पनि प्रेमको कार्यमा सहभागी हुनतर्फ प्रोत्साहन दिनको निम्ति विश्वभरिका छिमेकी, समुदाय, सरकारी निकाय र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँगको उहाँको संवाद जारी छ ।