सन् २०१६ अप्रिल २४ तारिख <१७औँ नव जीवन पारिवारिक पैदल ऱ्याली>मा
हाम्रो जीवन वसन्त ऋतुको फूलजस्तै छोटो छ, जुन फुलेर चाँडै झर्छ । यति छोटो जीवनमा कठिन समयहरू एकलै सामना गर्नुपर्ने भयो भने हाम्रो जीवन कति एकल र दयनीय हुन्छ होला ?
एकलोपनामा जीवन बिताइरहेका मानिसहरू विश्वव्यापी गाउँमा धेरै छन् । यस्तो कठिन जीवनमा यदि उनीहरूलाई हेरचाह र समर्थन गर्ने कोही छ भने उनीहरूलाई ठूलो सान्त्वना र आशा मिल्नेछ ।
आज हामी जलवायु शरणार्थी, प्रकोप पीडित र समाजका विपन्न परिवारहरूलाई प्रोत्साहन दिँदै, र समर्थन गर्दै उनीहरूको मित्र बनेका छौं । आज यहाँहरू हिँड्नुहुँदा, आफूले चालेको प्रत्येक पाइलाचाहिँ एकल जीवन बिताइरहेका मानिसहरूसँगै हिँड्ने ठूलो इच्छाको अभिव्यक्ति हो भन्ने कुरालाई कृपया स्मरण गर्नुहोला ।
बल गरौं ! साहस लिऔं ! झरी परेपछि मौसम सफा भएजस्तै पीडापछि हर्षपूर्ण दिनहरू आउँदछन् । निरुत्साहित नभईकन निरन्तर अगि बढ्नुहोस् । सुदिनहरू निश्चय नै आउनेछन् । आज यहाँ उपस्थित साथीहरूले यसै गरी धेरै समर्थन गरिरहेका छैन ।