प्रेम बाँड्दै, सँगै जिउने जीवन

सन् २०१७ नोभेम्बर २६ तारिख <१८औँ नव जीवन कन्सर्ट>मा

November 26, 2017
FacebookTwitterEmailLineMessage

जीवन निकै छोटो छ । यो छोटो जीवनलाई केद्वारा भर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । आफ्नो लागि मात्र जिउने मानिस, अनि आफ्ना छिमेकीहरूसँगै जिउने मानिसहरूको जीवन-स्तरबीच ठूलो भिन्नता छ । यदि हामी अरूसँग बाँडचुँडको जीवन जिउँछौं भने हामीले सुन्दर र अमूल्य जीवन जिउन सक्नेछौं । आज यहाँ उपस्थित सबै जनाले अमूल्य जीवन जिउँदैहुनुहुन्छ । यहाँहरू साँच्चै सुन्दर मानिसहरू हुनुहुन्छ । कठिनाइको सामना गरिरहेका मानिसहरूलाई सहयोगको हात बढाउँदा त्यो उनीहरूको मनमा न्यानो र अविस्मरणीय क्षणको रूपमा रहनेछ ।

यहाँ उपस्थित सबै आवेदकहरूले पनि अझ साहस र आशा लिई सक्रिय जीवन जिउनुहुनेछ भनी म विश्वस्त छु । यहाँहरूको छेउमा यस्ता सुन्दर मानिसहरू छन् भन्ने कुरा कदापि नभुल्नुहोला । सबै जना बल गरौं ।