सन् २०१३ अप्रिल २८ तारिख <१५औँ न्यू लाइफ पारिवारिक पैदल ऱ्याली>
हालसालै भूमण्डलीय उष्णीकरण र तीव्र जलवायु परिवर्तनले गर्दा विश्वका विभिन्न ठाउँमा जलवायु शरणार्थीहरू उत्पन्न भइरहेका छन् । जलवायु शरणार्थी भन्नाले बाढी, खडेरी र आँधीजस्ता जलवायु प्रकोपका कारण आफ्नो जीविका गुमाई कष्ट भोगिरहेका मानिसहरू हुन् । संसारमा ४ करोडभन्दा बढी जलवायु शरणार्थीहरू छन् भन्ने तथ्याङ्क आएको छ, र वातावरणीय समूहहरूले त्यो संख्या अबको ३० वर्षभित्र १ अर्ब पुग्नेछ भनी आकलन गरेका छन् ।
खासमा हामीहरू दैनिक जीवनमा जलवायु परिवर्तनलाई गम्भीर नठानी जिउने गर्छौं । कारण यदि प्रकृतिलाई हाम्रो दैनिक जीवनसँग सम्बन्धित गराउने हो भने पनि त्यसको क्षेत्र निकै विशाल छ, र त्यसको तुलनामा मानव जीवनको क्षेत्र धेरै सानो र नगण्य छ । तापनि अस्थिर जलवायुका कारण जीविकोपार्जन गुमाउँदै आशाविहीन भई जिइरहेका मानिसहरूको संख्या विश्वभरि तीव्र गतिमा वृद्धि भइरहेको छ भन्ने यथार्थतालाई हामीले बेवास्ता गर्नुहुँदैन ।
उनीहरूको पीडा हाम्रो यथार्थतासँग असम्बन्धित छ जस्तो देखिन्छ, तर हामी पनि उही वातावरणमा जिउने भएकाले हामी उनीहरूको त्यो पीडाबाट पूर्ण रूपमा पन्छिन भने सक्दैनौं । विश्वव्यापी गाउँ नामक उही घेराभित्र अहिले भइरहेको अवस्था कुनै दिन गएर हामीहरूकै वास्तविकता बन्न सक्छ ।