सन् २०१५ अप्रिल २६ तारिखमा आयोजित<१६औँ न्यू लाइफ पारिवारिक पैदल ऱ्यालीमा>
न्यू लाइफ पारिवारिक पैदल ऱ्यालीमा १ लाख ७२ हजार जनाभन्दा बढी मानिसहरू सहभागी भएका छन् । हामीले दर्शाएको प्रेम र चालेको हृदयस्पर्शी पाइलाले, गरिबी र रोगको मारमा परेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई आशा र प्रोत्साहन प्रदान गरेको छ । हाम्रो हृदयस्पर्शी सहयोगले, पीडा भोगिरहेका मानिसहरूलाई आरोग्यता प्राप्त गर्न मद्दत मिलेको छ । म आशा गर्दछु, कि यो वर्ष पनि आफ्ना मायालु परिवारजनसँगै हिँड्ने यस मार्गमा खुशी थपिनेछ, अनि यहाँहरूको परिवारमा हाँसोको फूल वसन्तको फूलझैँ गरी फक्रनेछ ।
अन्ततः यहाँहरूलाई भेट्न र बहुसांस्कृतिक परिवार र अल्पसंख्यक परिवारहरूलाई एकसाथ सहयोग गर्न आज बिहान म उत्साहित भएर यहाँ आउँदैथिएँ । यहाँ आउँदैगर्दा, नेपालमा हिजो ७.८ म्याग्निच्यूडको भूकम्प गएको खबर सुनिएपछि मलाई धेरै फोन कल आयो । भूकम्पका कारण थुप्रै भवनहरू ढले, अनि धेरै मानिसहरूले ज्यान गुमाए । नेपालका हाम्रा सदस्यहरूले यति स्पष्ट खबरहरू पठाए, कि मलाई आफू प्रकोपस्थलमै भएझैँ लाग्यो । आज म यहाँ नआइपुग्दासम्म, धेरै जनाले सहयोग गरिदिन अनुरोध गर्दै मलाई फोन गरिरहेका थिए । अहिले पनि त्यहाँ परकम्प गइरहेकोले उद्धार कार्य सुरु गर्न असम्भवजस्तै छ । मैले सहयोगको निम्ति गुहारिरहेको दर्दनाक आवाजहरू सुनिरहेकी थिएँ । यस पटकको पैदल ऱ्यालीमा बहुसांस्कृतिक र विपन्न परिवारलाई सहयोग गर्नको निम्ति हामी भेला भएका छौं । नेपाललाई पनि सहयोग गरौं ! भत्केको एउटै भवनमा सयौँ मानिसहरूले ज्यान गुमाए, अनि धेरै भवनहरू अझै पनि हल्लिरहेका छन् । हाम्रा सदस्यहरूमध्येका एक जनाले “सहयोग गरिदिनुहोस्” भनी अनुरोध गरेको सुन्दा मेरो मन एकदमै दुख्यो । यो अरू कसैको सरोकारको विषय होइन । विश्वव्यापी गाउँमा जस्तोसुकै घटना घटे पनि हामी त्यसलाई आफ्नो व्यक्तिगत मामिला र आफ्नै परिवारको मामिलाको रूपमा लिन्छौं । तसर्थ यस पटक नेपाललाई सहयोग गरौं । यहाँहरूले सहयोग गरिदिनुहोला । नेपालका सदस्यहरूकहाँ प्रोत्साहन र प्रेमको कोसेली पठाऔं ।